२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनतालाई आधारभूत सेवा दिनु सरकारको कर्तव्य हो : प्रधानमन्त्री देउवा

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतालाई प्रभावकारी रुपमा आधारभूत सेवा उपलब्ध गराउनु सरकारको कर्तव्य भएको बताउँदै यसमा लाग्न सबैलाई आग्रह गरेका छन् । सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकास प्राथमिकता चालु आर्थिक वर्षको पाँच महिनाको प्रगति र सुशासन प्रवद्र्धन सम्बन्धमा नेपाल सरकारका सबै मन्त्री र सचिवलाई निर्देशन दिँदै आज उनले सो कुरा बताएका हुन् ।

जाडो बढेसँगै हिमपात र शीतलहरले जनजीवन प्रभावित भएको उल्लेख गर्दै उनले जनतालाई आवश्यक सेवा प्रदान गर्न निर्देशन दिए । साथै प्रधानमन्त्री देउवाले कृषिप्रधान मुलुकमा मलखाद र बीउको कुनै कमी हुन नदिनसमेत आग्रह गरे ।

विकास निर्माण र जनतालाई सेवा दिने काममा अवरोधका रुपमा देखिने कानुनी समस्या समाधानका लागि लाग्न निर्देशन दिँदै प्रधानमन्त्री देउवाले भ्रष्टाचार नियन्त्रण गर्न सबै सचेत रहेको र यसलाई नियन्त्रण गर्न सबैको सहयोगको अपेक्षा गरे । मुलुक जलस्रोतको अपार भण्डारण भएकाले लगानीकर्तालाई आकर्षित गरेर बढीभन्दा बढी जलविद्युत् उत्पादन गरी निर्यात गर्न सकिनेमा उनको जोड थियो ।

प्रधानमन्त्री देउवाले भने, ‘मुलुक अहिले धेरै किसिमले समस्यामा छ, कोभिड-१९ ले पनि ठूलो समस्या ल्याएको छ । बेमौसमी वर्षा र बाढी धेरै क्षति पुर्‍याएको छ । विपक्षी पार्टीले संसद् सुचारु गर्न नदिएर अर्को समस्या खडा गरेको छ । यसले संसद्मा महत्वपूर्ण विषयमा गर्नुपर्ने छलफल हुन सकेको छैन । संसद्मा होहल्लाका बीचमा कतिपय कुरा पास गरेका छौँ, त्यो उचित त होइन तैपनि गर्नुपर्ने बाध्यता छ ।’

विकास निर्माणमा कार्यान्वयको समस्या पुरानै रहेको बताउँदै उनले समाधानका लागि विकासे मन्त्रालय र अर्थ मन्त्रालयबीच निरन्तर छलफल र सल्लाह गरेर अघि बढ्न निर्देशन दिए । राष्ट्रिय गौरवका आयोजनामा अपेक्षित प्रगति हुन नसकेको बताउँदै उनले सम्बन्धीत निकायलाई ध्यान दिन निर्देशन दिए ।

कोभिड–१९ का बेला सरकारले धेरै महत्वपूर्ण निर्णय गरेको जानकारी गराउँदै उनले निःशुल्करुपमा कोभिडविरुद्धको खोप वितरण गर्ने नीतिले सफलता हासिल गरेको बताए । अझै पनि यसलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिँदै उनले खोप सहयोग गर्ने मुलुक तथा बहुपक्षीय निकायलाई धन्यवादसमेत दिए ।

‘सबैभन्दा महत्वपूर्ण कुरा भनेको जनाताको जीवन हो । सबैको जीवन बचाउनुछ । अझै पनि कोभिडको समस्या हुन सक्छ । त्यसकारण प्राथमिकतामा राखेर खोपको मात्रा बढाउनुछ । कुनै पनि व्यक्ति खोपबाट वञ्चित हुन नपरोस् । खोपका सम्बन्धमा जनतालाई अझै सचेतना कार्यक्रम गर्नुपर्ने आवश्यकता पनि मैले देखेको छु’, प्रधानमन्त्री देउवाले भने ।

उनले निकट भविष्यमै तीनैतहका निर्वाचन गर्नुपर्ने भन्दै आयोगलाई सरकारले सक्दो सहयोग गर्ने बताए । निश्पक्ष, विश्वसनीय र भरपर्दो निर्र्वाचनका लागि सबैले लाग्नुपर्नेमा जोड दिँदै निर्वाचनमा सत्ता गठबन्धनले आपसी तालमेल गर्दै जाने विश्वास व्यक्त गरे ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थव्यवस्थाको पछिल्लो तथ्याङ्क र अवस्थाबारे अवगत गराउँदै नीतिगत सुधार, संस्थागत संरचनाको क्षमता अभिवृद्धि, ढिलासुस्तीको अन्त्य, विकासको बाधक बनेका कानुनी पक्ष हटाउन सबै मन्त्रालय र निकायबीच समन्वयको खाँचो रहेकामा जोड दिए ।

यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतका राज्यमन्त्री उमेश श्रेष्ठले वर्तमान सरकार गठनपछि हासिल भएका उपलब्धिबारे बताउँदै सरकारले सुशासन र विकासका लागि थुप्रै नीतिगत र संस्थागत कार्यक्रम अघि बढाएको जानकारी गराए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले विकास आयोजनाका प्रगती र चुनौतीबारे अवगत गराउँदै जलवायु परिर्वतनको असरले आगामी दिनमा पूर्वाधार विकासमा थपिने चुनौतीका सम्बन्धमा ध्यानाकर्षण गराएका थिए । नेपाल सरकारका मुख्यसचिव शङ्करदास बैरागीले सरकारले विकास निर्माण र जनतालाई पुर्‍याउनुपर्ने सेवाका सम्बन्धमा भएका कामकारबाहीबारे बताउँदै राजनीति र प्रशासन एक अर्काका परिपूरक भएकाले विश्वास, सहकार्य र समन्वयका साथ अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्यालले चालु वर्षको विकास आयोजना तथा कार्यक्रम कार्यान्वयनको व्यवस्था बारे प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा नेपाल सरकारका मन्त्री, सचिव, विभिन्न निकायका प्रमुखलगायतको उपस्थिति थियो ।