२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरपालिकाका ६३ प्रतिशतले पूर्ण खोप लगाए

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा ६३ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् ।

हालसम्म महानगरपालिकामा खोप लगाउन लक्षित उमेर समूहमध्ये ६३ प्रतिशतले पूर्ण मात्रा र ७५ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेको कामपा जनस्वास्थ्य विभागले जनाएको छ । पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण बढिरहेकाले पनि काठमाडौँ महानगरपालिकाले खोप कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाएको जनाएको छ ।

कामपा जनस्वास्थ्य विभागका प्रमुख हरि कुँवरका अनुसार अब दोस्रो मात्रा खोप लगाउन बाँकी रहेका र दुवै मात्रा लगाउनु पर्ने लक्षित समूहका लागि पनि खोप कार्यक्रम तीव्र रुपमा अघि बढाइएको छ । काठमाडौँमा खोप लगाउने १५ लाख ६३ जना लक्षित समूहका छन् । अहिले कामपाको ३२ मध्ये ११ स्थानबाट खोप कार्यक्रम दैनिक रुपमा नै सञ्चालन भइरहेको छ भने काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य चार नाकामा पनि स्वास्थ्य टोली खटाएर खोप कार्यक्रम सञ्चालन भइरहेको कामपाले जनाएको छ ।

पछिल्लो समय हरेक दिन कोरोना भाइरस सङ्क्रमण बढिरहेको छ, विश्वका अन्य मुलुक र छिमेकी देश भारतमा पनि प्रतिदिन कारोना सङ्क्रमित र मृतकको सङ्ख्या बढिरहेकाले यसबाट हुने मानवीय क्षति कम गर्नका लागि पनि खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने कुँवरको भनाइ छ ।

“यसका लागि नागरिक पनि उत्तिकै सचेत हुनुपर्ने देखिन्छ, भीडभाड कम गर्ने र सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्ने काम जनताको नै हो । सबैको सहकार्य भए विगतमा झै यस पटक पनि यसबाट हुने क्षतिलाई कम गर्न सकिन्छ”, उनले भने । अहिले देशको कल जनसङ्ख्याको ३५ दशमलव ९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने ४८ दशमलव ५ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन् ।