८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीवासीले देउडा खेलेर मनाए ‘माघे सङ्क्रान्ति’

अ+ अ-

कर्णाली । यतिबेला मुलुकभर कोरोना महामारीको तेस्रो लहर दिन प्रतिदिन बढिरहेको छ ।

सङ्घ तथा प्रदेश सरकारले सार्वजनिकस्थलमा २५ जना भन्दा बढी भीड नलाग्ने सूचनात्मक निर्देशन दिइरहँदा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज मानिस खचाखच भएको दृश्य देखियो ।

वीरेन्द्रनगर नगरपालिकाको दक्षिण अर्थात् अत्याधुनिक रङ्गशाला निर्माणधीनस्थलको उत्तरपट्टीको चौरमा एकाएक मान्छेहरू जम्मा भए र गोलो घेरा बनाएर देउडा खेल्न सुरु गरे ।

ती सबै साविक कर्णालीवासी थिए । घरमा हुँदा देवदारका ठूला मुढा बाल्दै रातभरि जाग्राम बस्ने, एकाबिहानै चिसो पानीले नुहाइधुआइ गर्ने, आलु पोल्ने, फर्सी, पिडालु, भट्याउला (कन्दमूल) पकाउने र सेल रोटीसहितका मिठामिठा परिकार खाएर माघे सङ्क्रान्ति मनाउने उनीहरूले सुर्खेतमा देउडा खेलेरै यो पर्व मनाएका हुन् ।

खासगरी थारु समुदायले माघी अर्थात् नयाँ वर्ष, मगर समुदायले मकर सकरातीका रूपमा मनाउँदा साविकको कर्णालीवासीले माघे सङ्क्रान्तिका रूपमा मनाउँदै आएका छन् । आज पर्वको अवसर भए पनि अक्सर यहाँका नागरिकले हरेक महिनाको १ र १५ गते देउडा खेल्ने गर्दछन् ।

कोरोना महामारीको बढ्दो सङ्क्रमणका विषयमा थाहा भए पनि देउडाबाट आफ्ना बिरह, दुःख, गुनासाका पोख्नुका साथै भलाकुसारी गर्न पाउँदा त्यसैमा उनीहरूले बढी सन्तुष्टि लिएका छन् ।

कर्णालीका संस्कृतिसम्बन्धी जानकार डिल्लीप्रसाद तिवारीले देउडा खेल मात्र नभएर यहाँको सांस्कृतिक र मौलिक पहिचान भएको बताए । ‘देउडाले यहाँको धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक र मनोवैज्ञानिक पक्षलाई राम्रोसँग उजागर गर्दछ’, तिवारीले भने, ‘यो हाम्रो आपसी सम्बन्ध र सद्भावको सङ्गम पनि हो । समग्रतामा देउडा कर्णालीको सम्पति हो ।’

यसको संरक्षण र सम्वद्र्धनमा राज्यले जोड दिनुपर्ने उनले बताए । तातोपानी गाउँपालिका जुम्लाका स्थानीय ज्येष्ठ महिला खुम्बिरा शाहीले देउडालाई कर्णालीको जीवनको संज्ञा दिँदै भने, ‘हामी देउडामै वेदना पोख्छौँ, यसमै हाँस्छौँ, यसमै रुन्छौँ र यसबाटै समाजलाई सचेत बनाउछौँ ।’ यसले मनोरञ्जन दिनुका साथै आफन्त, दाजुभाइ, दिदीबहिनीबीच मिलन गराउने उनले बताइन् ।

तिला गाउँपालिका जुम्लाका स्थानीय महिला कालिका भट्टराईले देउडा हामी भित्रका दुःख–सुख, समस्या, सङ्घर्षका सबै कुरा बिसाउन सरल, सहज र मौलिक माध्यम भएको बताइन् । उनका अनुसार आज परेको माघे सङ्क्रान्ति पर्व देउडा खेलेरै रमाइलो गरिएको छ ।

माघे सङ्क्रान्तिका कारण आज राजधानीको मुख्य शहरमा भीड भए पनि भोलिदेखि नहुने गरी आज राति १२ बजेदेखि स्मार्ट लकडाउन गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार निर्देशनअनुसार मानवीय गतिविधि सञ्चालन गर्न आइतबारदेखि प्रहरी परिचालन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस