२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गलकोटमा शीतभण्डारण गृह सञ्चालन

अ+ अ-

बागलुङ । बागलुङमा मुस्ताङको स्याउ र ताराखोलाको आलुको बजार निकै राम्रो छ । यसो त यसले मात्रै बागलुङको बजार माग धान्न नसक्दा चिनियाँ स्याउ, तराईको आलु र केरा उस्तै आयात हुन्छ । फलफूल र तरकारीको आयु निकै कम हुन्छ ।

समयमै बिक्री नभएको खण्डमा बिग्रिएरसमेत जाने गरको छ तर शीतभण्डार गृहमा राख्न सके फलफूल तथा तरकारीले राम्रो मूल्यसमेत पाउँदै आएको छ ।

स्थानीय उत्पादन ताराखोलाको आलु र मुस्ताङको स्याउ बेमौसममा बिक्री गर्ने र आयातित स्याउ, केरा र आलुको सुपथ मूल्यमा बजारीकरण गर्ने उद्देश्यले गलकोटमा जिल्लाकै शीतभण्डारण गृह सञ्चालनमा ल्याइएको छ ।

नयाँ सोच र नयाँ क्षेत्रमा लगानी गर्ने हो भने नेपालमा नै केही गर्न सकिन्छ भन्ने हेतुले गलकोटमा सात युवाले सिद्ध भैरव ग्रुपमार्फत सामूहिक लगानीमा शीतभण्डारण सञ्चालनमा ल्याइएको छ । गुल्मीका ईश्वरीप्रसाद ज्ञवाली र गलकोटका छ युवा मिलेर स्थानीय आलु र स्याउ तथा आयातित केरा, आलु र स्याउको बजारीकरण गर्नका लागि रु दुई करोडको लागतमा एक वर्षदेखि शीतभण्डारण गृह सञ्चालनमा ल्याइएको छ ।

अहिले बेमौसमी आलु, स्याउ र केरालाई प्राथमिकतामा राखेर शीतभण्डारण गृह सञ्चालन गर्दै आएको सिद्धभैरव ग्रुपका सञ्चालक ईश्वरीप्रसाद ज्ञवालीले जानकारी दिए ।

‘हाम्रो मुख्य उद्देश्य ताराखोलाको आलु र मुस्ताङको स्याउलाई शीतभण्डारण गृहमा राखेर बेमौसममा बिक्री गर्ने हो, अहिले आलुभन्दा फलफूललाई बढी जोड दिइएको छ’, शीतभण्डारण गृहको व्यवस्थापकसमेत रहेका उनले भने, ‘मुस्ताङको स्याउ आयात नभएको समयमा चिनियाँ स्याउ तथा तराईको केरा र आलु भण्डारण गृहमा राखेर बिक्री गर्दै आएका छौँ ।’

सिद्ध भैरव समूहले एक लाख २५ हजार केजी क्षमताको जिल्लाकै ठूलो शीतभण्डारण गृह सञ्चालनमा ल्याएपछि उपभोक्ताले मुस्ताङको स्याउ र ताराखोलाको आलुको बेमौसममा समेत स्वाद लिन सक्ने भएका छन् ।

केरालाई बढीमा १५ दिन र स्याउ, अनारलगायतका फलफूललाई दुई महिनासम्म सुरक्षित भण्डारण गर्न सकिने सञ्चालक ज्ञवालले जानकारी दिए ।

भाडाको दुई रोपनी जग्गा पाँच वर्षका लागि लिएर भण्डारण गृह सञ्चालनमा ल्याइएको हो ।

भण्डारण गृहका लागि विद्युत्को वैकल्पिक व्यवस्थाका लागि २६ केभिए क्षमताको जेनेरेटरसमेत जडान गरिएको छ । शीतभण्डारण गृहका लागि चौविसै घण्टा विद्युत् आपूर्ति हुन आवश्यक छ ।

बाह्य तापक्रमभन्दा फरक तापक्रममा फलफूल तथा तरकारी भण्डारण गर्दा सोही अवस्थामा धेरै दिन फलफूल तथा तरकारी टिकाउन सकिन्छ ।

अहिले भण्डारण गृहमा मुस्ताङको स्याउ, चिनियाँ स्याउ, आलु र केरा राखिएको छ । उक्त भण्डारण गृहमा राखिएको फलफूल तथा तरकारी बागलुङ बजार, हटिया, खर्वाङ, गुल्मी तथा बुर्तिवाङ बजारमा बिक्री गरिँदै आएको छ ।

भण्डारण गृहको खर्च र विद्युतीकरणको खर्च जोडेर फलफूल बिक्री गर्ने गरेको समूहले जनाएको छ । मागअनुसार बजारमै विक्रीवितरणको समय त भण्डारण गृहले नै व्यवस्था गर्नेछ ।

ताजा फलफूल तथा तरकारीको लागि भण्डारण गृह सञ्चालनमा आएपछि सहज पहुँच पुगेको गलकोट नगरपालिका–२ का वडाध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिनुभयो । जिल्लाको सिगाना, बिहुँ र धम्जामा २० टन क्षमताको सुन्तला र आलु भण्डारण गृह रहेको छ ।

सिगाना र बिहुँको शीतभण्डारण गृहमा सुन्तला र धम्जाको शीतभण्डारण गृहमा आलु भण्डारण गरिँदै आएको छ । सिगाना, धम्जा र बिहुँमा सरकार र स्थानीयको साझेदारीमा शीतभण्डारण गृह निर्माण गरिएको हो भने गलकोटमा व्यक्तिगत कम्पनीमार्फत शीतभण्डारण गृह निर्माण गरिएको हो ।