१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीको भाइरल बनेको तोरीबारीमा घुम्न जान रोक , प्रहरी परिचालन

अ+ अ-

काठमाडौँ । पछिल्लो समय टिकटकजस्ता सामाजिक सञ्जालमा भाइरल बनिरहेको म्याग्दीको तोरीबारीमा घुम्न जान रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेनी नगरपालिका-१ रत्नेचौरमा पिच सडकको दायाँबायाँ रहेको तोरीबारीमा घुम्न जान रोक लगाएको हो।

कोरोनाभाइरसका सङ्क्रमित फेरि बढ्न थालेपछि भीडलाई नियन्त्रण गर्न आइतबारदेखि तोरीबारीमा प्रहरी परिचालन गरिएको बेनी-१ का वडाध्यक्ष टेकबहादुर रावलले जानकारी दिए ।

वडाध्यक्ष रावलका अनुसार शनिबार तोरीबारीमा एकदमै भीड बढेपछि आइतबार जिल्ला प्रहरी कार्यालय बेनीबाट तोरीबारीमा प्रहरी टोली परिचालन गरिएको हो ।

उनले आइतबारदेखि तोरीबारीमा प्रवेश गर्न कडाइ गरिएको र प्रहरीले घुम्न गएकालाई फर्काइरहेको बताए।

‘तोरीबारीमा घुम्न आउने पर्यटकबाट स्थानीयले धेरै कुराहरू सिक्न पाइरहेका थिए। त्यसैले हामीले माघ १५ देखि २० गतेसम्म तोरी महोत्सव आयोजना गर्ने योजनासमेत बनाएका थियौँ। बजेट विनियोजन गरेर जिल्ला प्रशासन कार्यालयमा अनुमति माग्दा कोभिडका कारण भिडभाड हुने कार्यक्रम सञ्चालन नगर्न आदेश आयो,’ वडाअध्यक्ष रावलले भने, ‘हामीले कार्यक्रम स्थगित गरेका छौँ।’

पहेँलो तोरीबारीको बीचमा कालोपत्र गरिएको सडकको मनमोहक दृश्य देखिन्छ। यही दृश्य हेर्न मानिसहरू आउने गरेका छन्। तोरीबारीको फोटो, भिडिओ सामाजिक सञ्जालमा भाइरल भएका कारण मानिसहरूको भीड बढेको वडाअध्यक्ष रावलले बताए।

फेसबुक, टिकटक, युट्युबजस्ता सामाजिक सञ्जालमा रत्नेचौरमा रहेको तोरीबारीको फोटो, भिडियो भाइरल भइरहेका छन्।

सिसिएमसीको एक साता अघि बसेको बैठकले सार्वजनिक स्थलमा भिडभाड नगर्न आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस