२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीलङ्गकामा देशव्यापी लकडाउन गर्न अस्वीकार, बुस्टर डोजमा खोप

अ+ अ-

कोलम्बो । श्रीलङ्गकामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको भएपनि देशव्यापी लकडाउन गर्न भने अस्वीकार गरिएको छ ।

देशका स्वास्थ्य अधिकारीहरूले अहिले लकडाउन लगाउनु उपयुक्त नहुने भन्दै खोप लगाउने अभियानलाई तीव्रता दिन सुझाव दिएका हुन् ।

कोरोना भाइरसको नयाँ भेरिएन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण तीव्र रुपमा फैलिएकाले देशव्यापी लकडाउन लागू गर्ने बारेमा छलफल भएको थियो ।

खोपको दोस्रो मात्रा लगाएकाहरूलाई बुस्टर डोज लगाउन पनि जोड दिइने अधिकारीहरूले जनाएका छन् ।

विज्ञ तथा सरोकारवालाको आन्तरिक संयुक्त बैठकमा अहिले लागू भइरहेका कतिपय प्रतिवन्धात्मक व्यवस्थाहरुलाई भने निरन्तरता दिनु उपयुक्त हुने सुझाव आएको थियो ।

उनीहरूले सामाजिक दुरी कायम गर्नुपर्ने, भिडभाड गर्न नहुने र मास्क अनिवार्य लगाउनुपर्ने लगायतका नियमलाई भने कडाइका साथ कार्यान्वयन गराउन आग्रह गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो औपचारिक विवरणअनुसार आइतबार र सोमबारमा एक हजार नयाँ सङ्क्रमित थपिएका छन् ।

सन् २०२० को मार्चदेखि अहिलेसम्म श्रीलङ्गकामा छ लाख ११ हजार १८५ जना कोरोना भइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये १५ हजार ४४१ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।