२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैङ्कसँग लिएको ऋणको ब्याज उच्च हुँदा उद्योग व्यवसाय मर्कामा

अ+ अ-

चितवन । कोरोना भाइरस सङ्क्रमणको मारमा परेका यहाँका उद्योग व्यवसाय बैङ्कहरूले ब्याजदर बढाउँदै लगेपछि थप प्रभावित बनेका छन् ।

कोरोना भाइरस सङ्क्रमणका कारण सङ्कटमा परेका उद्योगी व्यवसायी बैङ्कले ऋणीसँग सम्झौता गर्दा भएको ब्याजलाई क्रमशः बढाउँदै लगेपछि थप मर्कामा परेका हुन् ।

गत वर्षको तुलनामा यो वर्ष बैङ्कको ब्याज बढेको छ । बैङ्कको बेसरेट (आधारदर) गत वर्ष पुसको तुलनामा यस वर्षको पुसमा दुई प्रतिशत हाराहारीले बढेको छ ।

उनीहरुले तरलता अभाव देखाउँदै बेसरेटमा ६ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर तय गर्ने गरेका छन् । बैङ्कमा तरलता अभावले ब्याजदर बढाउनु परेको बैङ्करहरु बताउँछन् ।

ठुलो उद्योग र कृषि क्षेत्रमा बैङ्क केही उदार भए पनि मझौला र साना ऋणीलाई उच्च ब्याजदर लिने गरेका छन् । गत वर्षको पुसमा राष्ट्रिय वाणिज्य बैङ्कको बेसरेट ५ दशमलव ६१ प्रतिशत रहेको थियो ।

चालु आर्थिक वर्षको पुसमा यो दर ६ दशमलव ६ प्रतिशत पुगेको छ । यो बेसरेट बैङ्कमा सबैभन्दा कम हो । सिभिल बैङ्कको गत आर्थिक वर्षको पुसमा ८ दशमलव ४५ प्रतिशत बेसरेट रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ९ दशमलव ७४ प्रतिशत पुगेको छ ।

गत वर्षको पुसको तुलनामा यस वर्षको पुसमा सबैभन्दा बढी एनआईसि एसिया बैङ्कको बेसरेट बढेको छ ।

गत वर्षको पुसमा यो बैङ्कको बेसरेट २ दशमलव ७९ प्रतिशत रहेकोमा त्यसमा वृद्धि भएर अहिले ९ दशमलव ४४ प्रतिशत पुगेको छ । यो बैङ्कले आफ्नो बेसरेटमा ६ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर तय गर्दा १५ प्रतिशतसम्म पुग्ने गरेको छ ।

कृषि क्षेत्रमा ठुला बैङ्कले दुई प्रतिशत प्रिमियम थप गरेका छन् भने अन्य क्षेत्रमा ३ देखि ६ प्रतिशतसम्म प्रिमियम थप गरेको पाइन्छ । नवील बैङ्कका एक कर्मचारीले कृषिमा २ प्रतिशत र अन्य क्षेत्रमा ३ देखि ५ प्रतिशत प्रिमियम थप गरेर ब्याजदर कायम गर्ने गरिएको जानकारी दिए। उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले बैङ्कको ज्यादतिका कारण उद्योग व्यवसाय धराशायी हुने अवस्थामा पुगेको बताए ।

उनले भने, “ब्याजदर मनलाग्दी बढाएका छन् । स्वीकृत भएका ऋण समेत नदिएर व्यवसाय धराशायी बनाउने अवस्थामा पुगेका छन् ।” बैङ्कले लिएको गलत नीतिका कारण कोभिडपछि प्रभावित व्यवसाय थप समस्यामा पुगेको उनको भनाइ छ ।

सङ्घका पूर्व अध्यक्ष राजन गौतमले बैङ्क नाफामुखी भएको बताए । उनले भने, ‘बैङ्कले व्यवसायीको समस्या बुझेन, राज्य पनि उदासीन छ । बैङ्कहरूले ब्याजदर बढाउँदै लगेपछि २५ प्रतिशत उद्योग धराशायी भइसकेका छन् ।’ यस्तै स्थिति रह्यो भने उद्योगीले आत्महत्या गर्न बाध्य हुनुपर्ने स्थिति आउन सक्ने चेतावनी उनको छ । सङ्घीय राजधानीका एक व्यवसायी हालै मात्र परिवारसहित भाग्नु परेको बाध्यताको पछाडि बैङ्क प्रमुख कारण रहेको उनको दाबी छ ।

बैङ्कहरूले ब्याजदर बढाउँदै लगेपछि पर्यटन व्यवसाय झनै प्रभावित बनेको छ । कोभिडले पर्यटन व्यवसाय ठप्प प्रायः रहेका बेला बैङ्कको ब्याज उच्च हुँदा व्यवसायी तिर्नै नसक्ने स्थितिमा पुगेका छन् ।

सौराहाको होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडीले कोभिड–१९ ले थला परेको पर्यटन व्यवसायलाई राज्यले हेर्नुपर्नेमा जोड दिए । व्यवसाय रहे बैङ्क रहने र डुवे बैङ्कसमेत डुब्ने भएकाले अप्ठ्यारो परेको बेला बैङ्कले व्यवसायीलाई पेल्न नहुने उनको तर्क छ । उनले भने, ‘गाह्रो हुँदा पेल्ने परिपाटी भइरहेको छ । बैङ्क र व्यवसायीबीचमा नङ र मासुको सम्बन्ध हुनुपर्छ ।’

उद्योग वाणिज्य सङ्घ चितवनका पूर्व अध्यक्ष कल्याण जोशीले बैङ्कहरूले ब्याज बढाउँदै लगेपछि व्यवसाय गर्न कठिन हुँदै गएको बताए । उनले भने, ‘थप लगानी गर्न बैङ्क तयार छैनन्, व्यवसायको खर्च बढेको छ, व्यवसाय कम छ । उद्योगको लागत मूल्य निकै बढ्यो ।’ होटल, हस्पिटल, औषधि उद्योगलगायतका ठुला लगानीकर्ताको रुपमा परिचित जोशीले कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमसँगै बैङ्कहरूले बढाउँदै गएको ब्याज दरका कारण व्यवसाय विस्तार गर्न कठिन हुने अवस्था आएको बताए ।

रोयल फर्मासिटिकल्स प्रालिका प्रबन्ध निर्देशक केशव लामिछानेले उद्योगको लागत मूल्य निकै बढेको भन्दै कोभिड–१९ का कारण थला परेको उद्योग क्षेत्रमा बैङ्कको बढ्दो ब्याजले झन् समस्या बनाएको बताए ।

निर्माण व्यवसायी सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष समेत रहेका लामिछानेले स्वीकृत भएका ऋण बैङ्कले नदिएको, सम्झौताभन्दा बढी ब्याज लिएको, विभिन्न बहानामा दुःख दिएको गुनासो व्यवसायीबाट आएको जानकारी दिए । उनले भने, ‘अहिलेको विषम परिस्थितिमा राष्ट्र बैङ्कले हस्तक्षेप गरेर उद्योग व्यवसाय बचाउनुपर्छ ।’

उद्योगी राजु पौडेलले बैङ्कको ब्याज बढ्दा उत्पादनको लागत मूल्य बढेको र उपभोक्तासमेत मार परेको बताए । वैधानिक बाटोबाट पुँजी बैङ्कमा आउन नसक्दा तरलता अभाव भएको उनको भनाइ छ । सरकारले ब्याज नियन्त्रणमा काम गरेको भए पनि पर्याप्त हुन नसकेको उनले बताए ।

उद्योग सङ्घ चितवनका निवर्तमान अध्यक्षसमेत रहेका पौडेलले आन्तरिक उत्पादन कम र आयात बढी हुँदा अर्थतन्त्र कमजोर बनेको बताए । बैङ्कमा ऋण लिने अधिकांश उद्योगी व्यवसायी आफू मर्कामा परेको गुनासो गर्ने गरेका छन् ।