११ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण ललितपुरका जोखिमयुक्त बस्तीका स्थानीयलाई स्थानान्तरण गरिँदै

अ अ+ अ-

काठमाडौँ । अविरल वर्षा र हावाहुरीका कारण उत्पन्न हुनसक्ने विपद्को जोखिम न्यूनीकरण तथा उद्धारका लागि नेपाली सेनाको बटुकदल गण ब्यारेकले दक्षिण ललितपुरका जोखिमयुक्त क्षेत्रमा टोली परिचालन गरेको छ ।

बटुकदल गण ब्यारेकका गणपति प्रमुख सेनानी वेदप्रसाद खड्काका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षा हुनसक्ने मौसमसम्बन्धी सूचना प्राप्त भएपछि सेनाले पूर्वतयारीस्वरूप टोली परिचालन गरेको हो ।

दक्षिण ललितपुरमा वर्षा सुरु भएपछि सडक अवरुद्ध भई उद्धार तथा राहत कार्यमा कठिनाइ हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै बटुकदल गणबाट दुई वटा टोली वर्षा सुरु हुनुअघि असोज ८ गतेदेखि महांकाल गाउँपालिका-२ मानिखेल र बागमती गाउँपालिका-४ प्युटार क्षेत्रमा तयारी अवस्थामा खटाइएको प्रमुख सेनानी खड्काले जानकारी दिए। तैनाथ टोलीले सम्भावित विपद् जोखिम भएका क्षेत्रमा गस्ती गर्नुका साथै स्थानीय बासिन्दालाई सचेत र सुरक्षित रहन आग्रह गरेको उनले बताए ।

अविरल वर्षासँगै बागमती नदीमा पानीको बहाव बढ्न थालेपछि असोज ९ गते बिहानैदेखि सेनाको टोलीले माइकिङ गर्दै नदी आसपासका स्थानीयलाई सतर्क रहन आग्रह गरेको थियो । बागमती गाउँपालिका(६ खयरघारीस्थित बागमती नदी नजिक जोखिममा रहेका सात घरका स्थानीय बासिन्दा, पशुचौपाया तथा पसलका सामानलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय समुदायसँग समन्वय र सहकार्य गरिएको प्रमुख सेनानी खड्काले बताए ।

सम्भावित बाढीको जोखिमलाई मध्यनजर गरी समयमै मानिस तथा पशुचौपायालाई सुरक्षित स्थानमा सार्दा थप जोखिम न्यूनीकरण गर्न सहयोग पुगेको उनको भनाइ छ । त्यस्तै, असोज १० गते राति परेको अविरल वर्षासँगै आएको ठूलो हावाहुरीले महांकाल गाउँपालिका-२ बुखेल र वडा नं ३ चिहानडाँडामा स्थानीयका घरमा क्षति पुर्‍याएको खबर प्राप्त भएपछि मानिखेल बेसबाट सेनाको टोली तत्काल परिचालन गरिएको उनले जानकारी दिए।

उक्त टोलीले महांकाल-२ बुखेल निवासी ओलकबहादुर घिमिरे तथा महांकाल-३ चिहानडाँडाका रामबहादुर थोकरको हावाहुरीले उडाएको जस्ताको छाना मर्मत गर्न सहयोग गर्नुका साथै घरका सामानलाई त्रिपालले छोपेर भिजेका सामग्री सुरक्षित स्थानमा सारेको प्रमुख सेनानी खड्काले जानकारी दिए ।

सम्भावित विपद्का बेला सडक तथा यातायात अवरुद्ध हुन सक्ने अवस्थालाई ध्यानमा राखेर उद्धार टोलीलाई जोखिमयुक्त क्षेत्रमा पहिल्यै तैनाथ गरिएको बताउँदै प्रमुख सेनानी खड्काले स्थानीय तह र समुदायसँग समन्वय गरी विपद् प्रतिकार्य तथा जोखिम न्यूनीकरणका कामलाई निरन्तरता दिइएको जानकारी दिए ।

लगातारको वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलाशयमा पानीको सतह बढेर एक हजार ५२६ मिटर पुगेको छ । पानीको सतह एक हजार ५२७ मिटर पुगेपछि पहिलो चेतावनीस्वरूप साइरन बजाइने नेपाल विद्युत् प्राधिकरणअन्तर्गत कुलेखानी प्रथम जलविद्युत् केन्द्रले जनाएको अवस्थामा प्रभावित हुन सक्ने ललितपुरको बागमती गाउँपालिकाको प्युटार, आश्राङ, र गिम्दी क्षेत्रमा नेपाली सेनाको टोलीले निगरानी र सक्रियता बढाएको उनले जानकारी दिए ।

0 Comments