काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको माघ २८ र २९ गते बोलाइएको केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले कोरोना भाइरसका कारण बैठक स्थगित भएको बताए ।
‘२५ जना भन्दा बढी भेला हुन नपाइने नियम अहिले पनि लागू छ,’ ढकालले भने, ‘सत्तारुढ दल भएकाले सरकारले घोषणा गरेको नियम उल्लङ्घन गरेर बैठक गर्नुभन्दा केही दिन पर्खिने कुरा भयो ।’
उनले कोरोना भाइरसको सङ्क्रमण कम भएपछि परामर्श गरेर बैठक राखिने बताए । माओवादीले यसअघि पनि कोभिडको कारण देखाउँदै बैठक पटक-पटक स्थगित गरेको थियो ।
माओवादीले अध्यक्ष बाहेकका पदाधिकारी निर्वाचित गर्न बाँकी छ ।







