२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय गौरवका आयोजनामा न्यून खर्च

अ+ अ-

काठमाडौँ । राष्ट्रिय गौरवका आयोजनामा विनियोजन गरिएकोभन्दा असाध्यै कम मात्रै बजेट खर्च भएको पाइएको छ ।

अर्थ मन्त्रालयले गरेको चालु आर्थिक वर्ष २०७८/०७९ को अर्धवार्षिक समीक्षामा गौरवका आयोजनाअन्तर्गत सञ्चालित परियोजनाको खर्च न्यून भएको पाइएको हो ।

सरकारले चालु आर्थिक वर्षका लागि २५ वटा आयोजनालाई गौरवका आयोजनामा समावेश गरेको थियो । जसअनुसार ती योजनाका लागि रु ८२ अर्ब २४ करोड बढी बजेट विनियोजन गरिएको थियो ।

विनियोजित बजेटमध्ये चालु आवको पहिलो छ महिनामा १६.३९ प्रतिशत मात्र बजेट खर्च भएको हो ।

तथ्याङ्कअनुसार राष्ट्रिय गौरवका आयोजनाका लागि चालुतर्फ रु तीन अर्ब ३८ करोड ४६ लाख, पुँजीगततर्फ रु ६६ अर्ब ४७ करोड र वित्तीय व्यवस्थापनतर्फ रु १२ अर्ब ३८ करोड ४६ लाख गरी रु ८२ अर्ब २४ करोड ४४ लाख बजेट विनियोजन गरिएको थियो ।

उक्त विनियोजन गरिएको बजेटअन्तर्गत चालु आर्थिक वर्षको पहिलो छ महिनामा चालुतर्फ रु एक अर्ब ३६ करोड ८० लाख, पुँजीगततर्फ रु ११ अर्ब ६३ करोड छ लाख र वित्तीय व्यवस्थापनतर्फ रु ४८ अर्ब ५० लाख गरी रु १३ अर्ब ४८ करोड ३६ लाख खर्च भएको छ ।

मन्त्रालयको तथ्याङ्कअनुसार पुष्पलाल (मध्य पहाडी) राजमार्ग आयोजनामा २४.१ प्रतिशत बजेट खर्च भएको छ । सो आयोजनाका लागि रु आठ अर्ब १३ करोड ३३ लाख बजेट विनियोजन गरिएकोमा छ महिनाको अवधिमा रु एक अर्ब ९६ करोड ४६ लाख मात्र बजेट खर्च भएको छ । हुलाकी राजमार्गका लागि रु छ अर्ब ३९ करोड ४२ लाख बजेट विनियोजन भएकोमा हालसम्म रु दुई अर्ब ४४ करोड ९९ लाख खर्च भएको छ ।

उत्तर दक्षिण लोकमार्गका लागि रु एक अर्ब ११ करोड १४ लाख बजेट विनियोजन भएकोमा रु १५ करोड ९० लाख, उत्तर दक्षिण लोकमार्ग (कालीगण्डकी करिडोर मालढुङ्गा–राम्दी) परियोजनाका लागि रु दुई अर्ब ४२ करोड ५५ लाख बजेट विनियोजन गरिएकोमा रु ७७ करोड ७२ लाख र उत्तर दक्षिण लोकमार्गका लागि रु ५८ करोड ८९ लाख बजेटमध्ये रु पाँच करोड २६ लाख बजेट खर्च भएको छ ।

यस्तै गरी रेल मेट्रो रेल तथा मनोरेल विकास आयोजनाका लागि रु छ अर्ब ५३ करोड २५ लाखमध्ये रु ९५ करोड ६२ लाख, काठमाडौँ तराई मधेश द्रुत मार्गका लागि रु आठ अर्ब ९२ करोड ७९ लाखमध्ये रु एक अर्ब ४० करोड ८४ लाख, गल्छी त्रिशूली मैलुङ स्याफ्रुेवेसी रसुवागढी सडक आयोजनाका लागि रु एक अर्ब ६२ करोड १७ लाखमध्ये रु ८२ करोड ५९ लाख खर्च भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका लागि रु तीन अर्ब ७२ करोड ८० लाखमध्ये रु १८ करोड ५० लाख खर्च भएको छ । यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका लागि रु १३ अर्ब ४१ करोड २९ लाखमध्ये रु आठ अर्ब ५० करोड खर्च भएको छ ।

यस्तै पशुपति क्षेत्र विकास कोषका लागि रु ३५ करोडमध्ये रु आठ करोड ५१ लाख, बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि रु सात अर्ब ९९ करोड ५८ लाखमध्ये रु १८ करोड ६५ लाख खर्च भएको छ ।