११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको १६ जिल्लाको अधिवेशन फागुन १३ गते

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले कोभिड १९ का कारण स्थगित गरेका १६ जिल्लाको अधिवेशन आगामी फागुन १३ गते हुने जनाएको छ ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले कोभिड १९ को जोखिम र सङ्क्रमण न्यून हुदै गइरहेको अवस्थामा ती जिल्लाको अधिवेशनको मिति तोकेको हो ।

काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही रौतहट, बारा, पर्सा, सिन्धुली मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछामको अधिवेशन हुन बाँकी छ ।
उल्लेखित १६ जिल्ला अन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित हुने महासमिति सदस्यको निर्वाचन हुन बाँकी भएमा सोही दिन सम्बन्धित क्षेत्रको महाधिवेशन प्रतिनिधिमध्येबाट महासमिति सदस्यको निर्वाचन समेत सम्पन्न गर्ने मिति तय गरिएको समिति सचिव केशव रिजालले जानकारी दिए ।

जिल्ला कार्यसमितिको निर्वाचन सम्पन्न भइसकेको तर कुनै वडा, पालिका, प्रदेश सभा क्षेत्र र महासमिति सदस्यको निर्वाचन हुन बाँकी रहेका पद र तहको निर्वाचन तोकिएको मापदण्डभित्र रही फागुन १० गतेभित्र सम्पन्न गर्न समेत समितिले सम्बन्धित जिल्ला कार्यसमितिलाई अधिकार प्रत्यायोजन गरेको छ ।

यसैगरी महोत्तरी क्षेत्र नं ३ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र सो क्षेत्रबाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिको निर्वाचन हुन बाँकी रहेकामा उक्त निर्वाचन फागुन १० गतेभित्र सम्पन्न गर्ने तय गरिएको उनको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस