११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुकुम (पूर्व) मा एक हजार चार सयलाई बुस्टर डोज

अ+ अ-

रुकुम )पूर्व) । रुकुम (पूर्व) मा एक हजार चार सय जनाले कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाएका छन् ।

जिल्लामा यही माघ १० गतेदेखि बुस्टर डोज लगाउन सुरु गरिएको हो । रुकुम (पूर्व)का सूचना अधिकारी एवं कोरोना रोग नियन्त्रण फोकल पर्सन निमप्रसाद गिरीका अनुसार सिस्ने गाउँपालिकामा सबैभन्दा बढी एक हजार २४ जनले बुस्टर डोज लगाएका छन् ।

भूमे गाउँपालिकामा २०८ र पुथाउत्तरगङ्गा गाउँपालिकामा १६४ जनाले बुस्टर डोज लगाएका छन् । सिस्ने गाउँपालिकामा स्वास्थ्य कार्यालय, भूमे र पुथाउत्तरगङ्गामा गाउँपालिकाको कार्यालयबाट खोप कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पुथाउत्तरगङ्गा गाउँपालिकामा बुस्टर मात्र नभई कोभिडको पहिलो र दोस्रो मात्रा लगाउनेको सङ्ख्या पनि कम छ । खोपप्रति चासो नदेखाउँदा कार्यक्रम प्रभावित बन्न पुगेको गिरीले बताए । गाउँपालिका र सम्बन्धित वडासँग समन्वय गरेर खबर गर्दा पनि नागरिक खोप लगाउनका लागि खोप केन्द्रसम्म पुग्न सकेका छैनन् ।

भूमे र सिस्ने गाउँपालिकामा भने खोप कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन भइरहेको छ । कोभिड–१९ विरुद्धको खोपले मानिसलाई सङ्क्रमण हुनबाट र सङ्क्रमण भइहाले त्यसबाट हुने जोखिमबाट सुरक्षित गर्ने भन्दै छुटेकालाई सम्बन्धित गाउँपालिका तथा स्वास्थ्य कार्यालयमा पुगेर खोप लगाउन आग्रह गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस