२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चारदेखि १२ वर्षसम्मका बालबालिकालाई छिट्टै खोप लगाइने

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्व स्वास्थ्य सङ्गठनको सिफारिसअनुसार चारदेखि १२ वर्षसम्मका बालबालिकालाई छिट्टै कोभिडविरुद्धको खोप लगाइने जनाएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री पौडेलले कोभिडको तेस्रो लहरका कारण शिक्षा क्षेत्र प्रभावित भए पनि शैक्षिकसत्रमा प्रभाव नपर्ने गरी प्रबन्ध गरिएको बताए ।

मन्त्री पौडेलले भने, ‘शैक्षिकसत्र क्षति नहुने गरी एसइईको परीक्षा तालिका सार्वजनिक गरेका छौँ । स्थानीय तहको चुनावलगत्तै प्लस टुको परीक्षा गर्छौं । सबै विद्यार्थीहरुलाई खोपको व्यवस्था गरेका छौँ ।’

उनले आफू मन्त्री भएपछि १८ हजार शिक्षकको पदपूर्ति तथा बढुवाको प्रक्रिया सुरु भएको, सार्वजनिक शिक्षा सुधारका लागि योजना बनाइएको, चर्को शुल्क लिने मेडिकल कलेजलाई सचेत गराइएको, त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय जमलमा निर्माण गर्न लागिएको, त्रिविको परीक्षा प्रणालीमा सुधार गरिएको र शिक्षक अस्पताल चितवनमा निर्माण हुने निश्चित गराइएको बताए ।

मन्त्री पौडेलले उच्च शिक्षा, सङ्घीय शिक्षा, प्राविधिक शिक्षा ऐन ल्याउन संसद्को गतिरोध सहज हुनेबित्तिकै छलफलका लागि पठाइने जनाउँदै सबै स्थानीय तहमा प्राविधिक शिक्षा विस्तार र ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन लागिएको उल्लेख गरे । उनले आगामी आर्थिक वर्षदेखि शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत बजेट विनियोजन गराइने प्रतिबद्धता पनि व्यक्त गरे ।