६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

अ+ अ-

चिमखोला । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा एकैसाथ दुई वटा जलविद्युत् आयोजनाको निर्माण सुरु गरिएको छ ।

तुँदी पावर कम्पनीले ३५दशमलव पाँच मेगावाट क्षमताको मङ्गले राहुघाट र ४८दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो राहुघाट जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो । आयोजनाका इन्जिनियर प्रकाश तिमिल्सिनाले दुईवटै आयोजनाको पहुँचमार्गको काम सकेर सुरुङ खन्ने काम थालिएको बताए ।

‘मौवाफाँटदेखि बन्दीघाटसम्म सडक र दुई वटा बेलिब्रिज बनाएर आयोजना निर्माणस्थललाई पहुँचमार्गसँग जोडेका छौ,’ उनले भने ‘सुरुङ निर्माण थालिएको र दुईवटै आयोजनाको विद्युतगृह र बाँधको काम सुरु गर्ने तयारीमा छौ ।’ पाँच हजार पाँच सय मिटरमध्ये दुई वटा अडिटबाट ५२० मिटर सुरुङ खनिसकिएको र राहुघाट मङ्गलेको पनि थप तीन वटा अडिटबाट सुरुङ खन्ने तयारी भएको छ ।

माथिल्लो राहुघाटको पाँच किलोमिटरमध्ये दुई वटा अडिटबाट २३१ मिटर सुरुङ निर्माण गरिएको छ । बन्दीमा बाँध निर्माणाधीन अवस्थामा रहेको राहुघाट मङ्गले जलविद्युत् आयोजनाको चिमखोलाको मलाङमा विद्युत् गृह बनाउनका लागि जग्गा व्यवस्थापनको काम भइरहेको छ ।

दग्नामको अजिङ्गर भीरदेखि बन्दीसम्म सात किलोमिटर पहुँचमार्ग खनेको यस आयोजनाले बगरखोलामाथि ३० मिटर लामो बेलिब्रिज निर्माण गरेपछि आवतजावत गर्न सहज भएको छ ।

घ्याँसीखर्कमा अर्को बेलिब्रिज बनाउने तयारी भएको आयोजनाका प्रतिनिधि उपेन्द्र गौतमले बताए । कूल लागत रु पाँच अर्ब ९२ करोड लागत अनुमान गरिएको मङ्गले राहुघाटको आउटलेटदेखि ३५० मिटर तल रहेको विद्युत् गृहमा पानी खसालेर विद्युत् उत्पादन गरिनेछ ।

राहुघाट मङ्गलेकोको विद्युत् गृहबाट निस्कने र बगरखोलाको पानी मिसाएर मलाङमै बाँध र राहुघाट जलविद्युत् आयोजनाको बाँधदेखि ५०० मिटरमाथि विद्युत् गृह बनाउने गरी अर्को माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको पनि निर्माण सुरु भएको हो ।

विद्युतगृह र अडिट निर्माणस्थल पुग्ने पहुँचमार्ग निर्माण गरिएको छ । विद्युत् गृह निर्माणस्थल नजिकै राहुघाट नदीमाथि ६९ मिटर लामो बेलिब्रिज निर्माण गरिएको छ ।

आयोजना निर्माणमा आवश्यक विस्फोटक पदार्थको भण्डारण र सुरक्षाका लागि रघुगङ्गा–७स्थित चिमखोलामा नेपाली सेनाको क्याम्प तथा प्रहरीको चौकी स्थापना गरिएको छ ।

उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगङ्गा–३ अम्बाङमा बन्न लगेको राहुघाट सवस्टेशनदेखि चिमखोलासम्म २०० केभी क्षमताको १३ किलोमिटर दूरीको प्रसारण लाइन बनाउन वातावरणीय परीक्षणको प्रक्रियामा रहेको छ ।

राहुघाट नदीको सहायक ठुलो खोलामा संयुक्त ऊर्जा प्रालीले २१दशमलव तीन मेगावाट क्षमताको ठुलो खोला जलविद्युत् आयोजना निर्माण थालिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए ।

राहुघाट नदीमै नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । राहुघाटको ३५ प्रतिशत पूर्वाधार निर्माण सकिएको छ ।

प्रतिक्रिया दिनुहोस