६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुम्सीचौरमा दुम्सीको मूर्ति निर्माण

अ+ अ-

तनहुँ । व्यास नगरपालिका–१० स्थित दुम्सीचौरमा दुम्सीको आकर्षक मूर्ति निर्माण गरिएको छ ।

वडा कार्यालयको तीन लाख र स्थानीयवासीको सहभागितामा एक लाख २० हजारको लागतमा उक्त मूर्ति निर्माण गरिएको हो ।

बिदाका दिनमा करिब एक सयको हाराहारीमा आन्तरिक पर्यटक दुम्सीचौर आउने गरेका छन् । टिकटक,सेल्फी र फोटो खिच्न मानिस आउने गरेको मूर्ति निर्माण समितिका संयोजक किशोर गुरुङले जानकारी दिए ।

ओझेलमा पर्दै गएको दुम्सीचौरमा दुम्सीको मूर्ति निर्माण गरेकाले सो स्थलको पहिचान हुनाका साथै मानिसको चहलपहल बढ्दै गएको उनले बताए । त्यसैगरी सोही वडाको परेवा डाँडामा परेवाको मूर्ति निर्माण गरेर राखिएको छ ।

वडाबाट बजेट विनियोजन गरिए पनि सोही स्थान नजिक विवेक सापकोटाले पिजनहिल रिर्सोट एण्ड फन पार्क निर्माण गरी सञ्चालन गर्न थालेपछि थाल्नाका साथै निजी लगानीमै परेवाको मूर्ति निर्माण गरेका हुन् । करिब पाँच लाखको लागतमा परेवाको मूर्ति निर्माण गरिएको छ ।

परेवा डाँडामा राखिएको परेवाको मूर्तिसँग फोटो खिच्न र टिकटक बनाउन आउने आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको बताइएको छ । वडाभित्र रहेका ऐतिहासिकस्थलको नाउँ नमेटिने गरी भोलिका सन्ततिलाई पनि स्मरण गराउनका ठाउँ अनुरुपको मूर्ति निर्माण गरिएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए ।

आगामी दिनमा कुमालटारीमा कुमालेले माटोको घैँटो बनाएको मूर्ति र पाथ्राघाटमा माझीलेले ढुङ्गा चलाएको मूर्ति बनाउने योजना रहेको छ उनले बताए । ऐतिहासिक सम्पदाको संरक्षण र सम्बद्र्धन गर्नका लागि वडाले प्राथामिकतामा राखेर काम गर्दै आएकोसमेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस