२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पशुपतिनाथ परिसरभित्रका फूल पसलहरु सार्ने सहमति

अ+ अ-

काठमाडौँ । पशुपतिनाथ परिसरभित्रका फूल पसलहरु सार्ने सहमति भएको छ ।

आज (सोमबार) पर्यटनमन्त्री प्रेम आले, पशुपति विकासका प्रतिनिधि, सांसद गगन थापा र फुल व्यापारीबीच पर्यटन मन्त्रालयमा भएको छलफलमा पशुपति परिसरमा रहेका फूल पसलहरु सार्ने सहमति भएको हो ।

पशुपति मन्दिर परिसरमा रहेका १६७ वटा फूल पसल अब थप केही समय लिएर व्यवस्थापन गर्न दिइने सहमति भएको पर्यटनमन्त्री प्रेम आलेले बताएका छन् ।

पर्यटनमन्त्री आलेले भने,‘रहरले फूल बेच्न बस्नुभएको होइन होला । गरिबीकै कारणले होला । त्यसैले हामी निरीह नबनौँ । फूल पसलेलाई पनि राहतको व्यवस्था गर्छौँ ।’ उनले पसल व्यवस्थापन गर्न नसके बेइज्जत हुने बताए ।

मन्त्री आलेले केही दिन अघि पशुपति मन्दिर परिसरमा भएको फूल पसल हटाउन निर्देशन दिएका थिए ।

१५ दिनभित्र पसल हटाउन सूचना जारी भएपछि फूल पसलेहरु आन्दोलित भएका थिए ।

व्यवसायीहरुले पसल नहटाउन मन्त्री आलेलाई आग्रह गर्दै आएका थिए । उनले आज व्यवसायीहरुलाई मन्त्रालयमा नै बोलाएर पसल हटाउने नभइ व्यवस्थित गर्ने सहमति गरेका हुन् । व्यापारीहरु पनि पसल सार्न सहमत भएका छन् । उनीहरुलाई पसल व्यवस्थापन गर्न केही समय दिइने मन्त्री आलेले बताए ।

फूल पसलबाट १ करोड ९ लाख भाडा उठाउन बाँकी रहेको पशुपति विकास कोषले जनाएको छ ।