२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खोप लगाइएपछि भौतिक उपस्थितिमै विद्यालय सञ्चालन

अ+ अ-

सर्लाही । यहाँका विद्यालयले आफ्नो नियमित पठनपाठन सुरु गरेका छन् । कोरोना सङ्क्रमण र खोप अभियान चलेको समयमा खोप लगाउन भन्दै बन्द रहेका जिल्लाका सामुदायिक तथा निजी विद्यालयले आफ्नो पठनपाठनको काम नियमित गरेका हुन् ।

जिल्लाका २० वटै पालिकामा रहेका सामुदायिक तथा निजी, धार्मिकलगायतका सबै विद्यालयले विद्यार्थीलाई खोप लगाइसकेका कारण विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरेका शिक्षा विकास तथा समन्वय एकाइ मलङ्गवाले जनाएको छ ।

जिल्लाका पालिकाले सूचना निकालेर विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने भएकाले विद्यालय बन्द रहने जानकारी गराएका थिए । विद्यार्थीलाई खोप लगाइसकेपछि पुनःसूचना निकालेर पठनपाठन सञ्चालन गर्न विद्यालयलाई निर्देशन दिइएको मलङ्गवा नगरपालिकाका प्रमुख निरसल साहले बताए ।

जिल्लामा १२ वर्षदेखि १७ वर्षसम्मका एक लाख दुई हजार ९८७ जना विद्यार्थीले मोर्डना खोपको पहिलो मात्रा लगाएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

दोस्रो मात्रा खोप लगाउने विद्यार्थीको सङ्ख्या भने सङ्कलन भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख डा नवलकिशोर झाले जानकारी दिए ।