२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेलम्चीका दुई वडामा १०४ गलैँचा बुन्ने बालश्रमिक

अ+ अ-

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका वडा नं ७ र ८ मा १०४ गलैँचा बुन्ने बालमजदुर भेटिएका छन् । यसमा १०० बालिका र चार बालक रहेका छन् । महिला आत्मनिर्भरता केन्द्रले गरेको अध्ययनअनुसार गलैँचा बुनाई श्रममा संलग्न बालश्रमिकमध्ये ९–१४ वर्ष समूहका ५२ प्रतिशत र १५–१८ वर्ष उमेर समूहका ४८ प्रतिशत छन् ।

यीमध्ये १५ दशमलव ८५ प्रतिशत बालश्रमिक विद्यालय बाहिर छन् । अन्य बालबालिका बिहान बेलुकी गलैँचा बुन्ने र दिउँसो विद्यालय जाने गरेका छन् तर विद्यालयका शिक्षकले उनीहरु भर्ना भए पनि निरन्तर विद्यालय नआउने भएकाले पढाइमा कमजोेर भएको बताएका छन् ।

महिला आत्मनिर्भरता केन्द्रले बुधबार मेलम्चीमा सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनअनुसार इँटाभट्टा र जरी उद्योगमा खासै बालश्रममा गएको वा संलग्न भएको पाइएको छैन । गलैँचा बुनाइमा संलग्न बालबालिका अधिकांश वडा नं ७ र ८ मा पाइएको, अन्य वडामा न्यून मात्र रहेको संस्थाका अनुगमन तथा मूल्याङ्कन अधिकृत ध्रुव सापकोटाले जानकारी दिनुभयो । घरमा सञ्चालन भएका अधिकांश गलैँचा उद्योग नगरपालिका वा अन्य निकायमा दर्ता भएका छैनन् । वडा कार्यालयसँग पनि यसको अभिलेख नभएको वडा नं ८ का वडाध्यक्ष टंकराज गिरीले जानकारी दिए ।

गलैँचा बुनाइमा लागेका बालश्रमिकले ढाड दुख्ने, आँखामा समस्या हुने, चोटपटक लाग्ने जस्ता शारीरिक समस्याका साथै मानसिक समस्यासमेत भएको बताएका छन् । १४ वर्षमुनिका बालबालिकालाई कुनै पनि बालश्रममा संलग्न गराउन नपाइने कानुनी व्यवस्था भए पनि खासगरी अभिभावकले नै आफ्ना छोराछोरीलाई उनीहरुको अधिकार हनन गरी श्रममा लगाइरहेका छन् ।

अध्ययनअनुसार ६१ प्रतिशत श्रमिक बालबालिका आर्थिक समस्याका कारण गलैँचा बुनाइमा लागेको बताएका छन् भने ३९ प्रतिशतले अभिभावकको दबाबमा संलग्न भएको बताएका छन् । ४७ प्रतिशत श्रमिक बालबालिकालाई आफ्नो दैनिक पारिश्रमिक पनि थाहा छैन भने ८७ प्रतिशत श्रमिक बालबालिकाका पारिश्रमिक अभिभावकले नै लिने गर्दछन् । उनीहरुले दैनिक न्यूनतम दुई घण्टादेखि अधिकतम १० घण्टासम्म काम गर्ने गर्दछन् ।