७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इलाम खानेपानी आयोजनाको काम ९० प्रतिशत सम्पन्न

अ+ अ-

मङ्गलबारे । इलाम बजार साना सहरी खानेपानी आयोजनाको काम ९० प्रतिशत सम्पन्न भएको छ ।

एशियाली विकास बैंक (एडिबी) को सहयोगमा निर्माणाधीन खानेपानीको हाल उपभोक्ताका घरघरमा पानीको धारा जडान भइरहेको छ ।

आउने चैत मसान्तभित्र उपभोक्ताका घरमा पानी झार्ने गरी काम भइरहेको उपभोक्ता समिति अध्यक्ष केदार थापाले जानकारी दिए ।

उनका अनुसार इलाम नगरपालिकाभित्र रहेका सडक निर्माणले वितरण पाइपमा केही क्षति पुगेकोले पुनः मर्मत गर्ने तयारी भइरहेको छ ।

रिर्जव ट्याङ्की र वितरण लाइनमा परीक्षणका लागि पानी छोड्दै जाने बताइएको छ । आयोजनाको कूल लागतको ७० प्रतिशत रकम एडिबीले बेहोर्ने सम्झौता पत्रमा उल्लेख छ ।

सुरुको लागतको अनुमानित रकम ५ प्रतिशतले हुन आउने चार करोडभन्दा बढी रकम उपभोक्ताले जम्मा गरिसकेका छन् । यो आयोजनाको पानी आएपछि इलाम बजार र आसपासका क्षेत्रका उपभोक्ताले चौबिसै घण्टा पानी आउने बताइएको छ ।

करिब चार हजार घरधुरीलाई खानेपानी पुर्याउने लक्ष्य राखिएको आयोजनामा हालसम्म दुई हजार ८०० धारा जडान गरिसकिएको छ । ८४ करोड ७९ लाख १८ हजार ६१५ कूल लागत रहेको आयोजनाको निर्माणका लागि भने ५७ करोड ९५ लाखको सम्झौतामा आयोजनाको काम भइरहेको छ ।

सन्दकपुर गाउँपालिकामा रहेका विभिन्न खोल्साको पानी जम्मा गरेर इलाम बजारमा ल्याइँदै छ जसमा ४१ किलोमिटर आयोजनाको प्रसारण लाइन हुनेछ ।

आयोजना अन्तर्गत इलाम नगरपालिका ६, ७, ८ र ९ का नगरका ४ हजार १०० धारामा चौबिसै घण्टा खानेपानी आउने लक्ष्य रहेको उपभोक्ता समितिका अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस