२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पन्जाबमा आम आदमीलाई दुई तिहाइ बहुमत !

अ+ अ-

२६ फागुन, काठमाडौँ । भारतको पन्जाब राज्यमा आम आदमी पार्टी (आप)ले दुई तिहाइ बहुमत हासिल गर्ने सङ्केत देखिएको छ ।

विधान सभा निर्वाचनमा पन्जाबका ११७ सिटमध्ये आम आदमीले ८८ सिटमा अग्रता लिएको छ । पन्जाबमा सरकार बनाउनका लागि चाहिने बहुमत भनेको ५९ सिट हो । दुई तिहाइ बहुमतका लागि ७८ सिट जित्नुपर्छ । तर अहिलेसम्मको मत परिणाममा आम आदमी ८८ सिटमा अघि छ । यही अग्रता कायम रहे आम आदमीले पन्जाबमा दुई तिहाइ बहुमतको सरकार बनाउने छ ।

आम आदमी सन् २०१७ मा भएको विधान सभा निर्वाचन भन्दा ६८ सिटमा अगाडि छ । काँग्रेस, भाजपा लगायत दल आम आदमीभन्दा निकै पछि छन् ।

भारतको राजधानी दिल्लीमा पहिलेदेखि नै आम आदमी नेतृत्वको सरकार छ । पार्टीका अध्यक्ष अरविन्द केजरीवालले आठ वर्षदेखि दिल्ली सरकारको नेतृत्व गरिरहेका छन् । उनले दिल्लीमा खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युत, सामाजिक सुरक्षा भत्ता लगायतका क्षेत्रमा गरेका काम जनप्रिय छन् ।

विधान सभा निर्वाचन अगाडि गरिएको मत सर्वेक्षणमा पन्जाबमा आम आदमी पार्टीले नै चुनाव जित्ने नतिजा सार्वजनिक भएका थिए । सर्वेक्षणहरूमा आम आदमीले ७६ देखि ९० सिटसम्म जित्ने अनुमान गरिएको थियो ।

विधान सभा निर्वाचनमा उत्तर प्रदेश, उत्तराखण्ड, गोवा र मणिपुरमा भने भाजपाका उम्मेदवारहरू अगाडि छन् ।

भारतमा माघ २७ गतेदेखि फागुन २३ गतेसम्म सात चरणमा विधान सभा निर्वाचन भएको थियो । मत गणना आज बिहान आठ बजेदेखि जारी छ । निर्वाचनको परिणाम आजै सार्वजनिक हुने भारतको निर्वाचन आयोगले जनाएको छ ।