२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको अभियान

अ+ अ-

काठमाडौँ । झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु भएको छ । आजदेखि सुरु भएको अभियान एक सातासम्म चल्ने छ । यस वर्ष झापामा साढे आठ लाखलाई हात्तीपाइलेविरुद्धको औषधि सेवन गराइँदै छ ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईंले जिल्लामा नौ लाख ३५ जनामध्ये आठ लाख ४३ हजारलाई औषधि सेवन गराइने जानकारी दिए। प्रदेश नं १ मा झापा र मोरङमा मात्र यो अभियान सुरु भएको छ । झापामा दुई प्रकारका र मोरङमा तीन प्रकारका औषधि सेवन गराइने फोकल पर्सन चम्लागाईंले बताए।

अभियानअन्तर्गत स्वास्थ्यकर्मी र स्वयंसेवक छ÷छ सय परिचालन गरिएको छ भने उनीहरूमार्फत हात्तीपाइले रोगविरुद्धको औषधि (डीइसी) २० लाख ७२ हजार १४ डोज र एल्बेन्डाजोल नौ लाख २० हजार ८९५ डोज वितरण गरिनेछ ।

औषधि खुवाउने बेलामा छुटेका तथा रोगी व्यक्ति रोग निको भएपछि सम्बन्धित स्वास्थ्य संस्थामा गई औषधि सेवन गर्न सक्नेछन् । स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले सरकारले हात्तीपाइले रोग निवारणका लागि बर्सेनि ठुलो धनराशि खर्चिँदै आएको बताए।

झापामा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन दर पनि बढ्दै गएको छ । सन् २०१२ देखि हात्तीपाइले रोगविरुद्धको अभियान सुरु भएयता औषधि सेवन दर बढ्नुका साथै रोगीको सङ्ख्यामा पनि कमी आएको छ । झापामा २०१२ मा जिल्लामा ५५.५९ प्रतिशतले औषधि सेवन गरेका थिए भने २०२१ मा ८५ प्रतिशतले औषधि सेवन गरेको स्वास्थ्य कार्यालय झापाको तथ्याङ्क छ ।

स्वास्थ्य कार्यालय झापाले औषधि सेवनलाई शतप्रतिशतमा पुर्‍याउन लक्ष्य लिएको छ । चालु आर्थिक वर्ष २०७८÷०७९ मा २९२ मा हात्तीपाइलेका नयाँ रोगी फेला परेका छन् । जसमा हाइड्रोसिल १४६, खुट्टा सुन्निएका १४० र हात र स्तन सुन्निएका छ जना रहेका छन् ।

गत आव २०७६÷०७७ मा जिल्लामा ३५१ मा हात्तीपाइले देखिएको छ । झापामा २४ प्रतिशत सङ्क्रमण दर रहेकोमा अहिले घटेर २.३३ जनामा झरेको छ । हात्तीपाइले लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यसले हातखुट्टा सुनिने, अण्डकोष सुनिने गर्दछ ।