वीरगन्ज । बारामा मोटरसाइकलले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।
नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट जीतपुर सिमरा उपमहानगरपालिका–१८ माथिल्लो बडहर्वाका ४ बर्षीय रियान थापा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान ८ बजेतिर उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते बालकलाई उपचारका लागि न्युरो अस्पताल वीरगन्ज ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।







