९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज नेपालले पपुवा न्युगिनी विरुद्ध प्रतिस्पर्धा गर्दै

अ+ अ-

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले आज मङ्गलवार पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

दुबई क्रिकेट रङ्गशालामा नेपालले पीएनजीको सामना गर्नेछ । नेपाल र पीएनजीबीचको खेल नेपाली समय अनुसार बिहान ११ : १५ बजे सुरु हुनेछ ।

नेपालले यस अघि पीएनजीविरुद्ध तीन एक दिवसीय खेल खेलेको छ । सबै खेलमा नेपालले जित निकालेको छ । तर पछिल्लो समय नेपालले कमजोर ब्याटिङ प्रदर्शन गर्दै आएकोमा नेपाललाई पीएनजीविरुद्ध खेल्न सहज हुने छैन ।

युएई सिरिजमा नेपाल तथा पीएनजीको अन्तिम खेल हो । अन्तिम खेलमा दुवै टोली जितका साथ सिरिज अन्त्य गर्न चाहन्छन् । युएई सिरिजको तीन खेल खेलिसक्दा पछिल्लो दुई खेलमा नेपाल पराजित भएको छ। दुवै खेल नेपालले युएईसँग हारेको थियो भने पीएनजीले तेस्रो खेलमा युएईलाई हराएको थियो ।

पीएनजीले भने सुरुआती दुई खेलमा हार व्यहोरेको थियो । तर तेस्रो खेलमा भने जित निकाल्न सफल भएको थियो ।

लिग टु मा कमजोर देखिएको पीएनजीले युएईलाई पराजित गरेसँगै उसको मनोबल उच्च भएको छ । लगातार १४ खेलमा पराजय व्यहोरेको पीएनजी युएईलाई हराएर २ अङ्क जोड्न सफल भएको थियो ।

नेपाल पछिल्लो खेलमा कमजोर ब्याटिङ गर्दै सामान्य लक्ष्य भेट्टाउन नसकेको बेला पीएनजीको खेलमा जित निकाल्न सामान्य सङ्घर्षले नपुग्ने अनुमान गर्न सकिन्छ ।

पीएनजी पहिलो खेलमा युएईविरुद्ध ७ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालसँग २ विकेटले हार व्यहोर्दा तेस्रो खेलमा युएईलाई ६ विकेटले पराजित गर्दै पुनरागमन गरेको थियो ।

लिग टुम नेपाल ११ खेलमा ५ जित निकाल्दै १० अङ्क बनाएर तालिकाको छैटौँ स्थानमा छ । लिग टुम नेपाल सर्वाधिक कम खेल खेल्ने राष्ट्र हो । यस अघिका खेलमा पीएनजीलाई २ विकेटले हराउँदा नेपाल युएईसँग ४८ र ९९ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस