२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अभिनेता शाहविरुद्ध तनहुँ अदालतमा आज मुद्दा दर्ता हुँदै

अ+ अ-

काठमाडौँ । अभिनेता पल शाहविरुद्ध आज तनहुँ जिल्ला अदालतमा आज (मंगलबार) मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ ।

तनहुँ जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकारीले अपराह्नसम्म अदालतमा अभियोग पत्र दर्ता गर्ने गरी काम भइरहेको बताए ।

गण्डकी प्रदेश प्रहरी प्रमुख दिवेश लोहनीले पनि मंगलबार अपराह्नसम्म अभियोग दर्ता भइसक्ने जानकारी आएको बताए ।

एक नाबालिग गायिकाले बलात्कार गरेको भन्दै उजुरी गरेपछि चर्चित नायकसमेत रहेका शाह अहिले प्रहरी हिरासतमा छन् ।

शाहविरुद्ध पूर्वी नवलपरासी जिल्ला अदालतमा बलात्कारको अभियोग पत्र दर्ता भइसकेको छ। पीडित भनिएकी नाबालिगले दुई ठाउँमा शाहविरुद्ध जाहेरी दिएकी थिइन् ।

तनहुँ जिल्ला अदालतमा थुनछेकको बहसपछि मात्र शाहको पूर्वी नवलपरासीको मुद्दाको प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ ।

तनहुँ अदालतमा अभियोग पत्र दर्ता भएपछि आरोपी शाहको त्यहाँ बयान हुने छ। त्यसपछि थुनछेकको बहसपछि न्यायाधीशले पुर्पक्षका लागि थुनामा पठाउने तथा धरौटी वा साधारण तारेखमा छाड्नेमध्ये एक आदेश गर्नेछन् ।

तनहुँको अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाए पूर्वी नवलपरासी अदालतमा उनको बयान मात्र हुने र फैसलाको प्रक्रिया अगाडि बढ्न सक्ने छ ।

पूर्वी नवलपरासी जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय माग गर्दै अभियोग दर्ता गरेको छ ।