काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले आफू कुनै पदको सौदा बाजी भएर नेकपा एमाले प्रवेश नगरेको बताएकी छन् ।
मङ्गलवार (आज) एमालेमा प्रवेश गरेपछि उनले आफू कुनै पदको सौदा बाजी गरेर नभई नितान्त एमालेको कार्यकर्ता बन्न आएको बताइन् ।
उनले भनिन्, ‘कुनै सौदा बाजी होइन, कुनै आग्रह पनि छैन, नितान्त एमालेको कार्यकर्ता भएर हजुरहरूसँग जोडिन आएको छु ।’
आफू एमाले प्रवेश गर्दा वर्षौँदेखि पार्टीमै रहेकाहरूले डराउनु नपर्ने उनले बताइन् । उनले भनिन्, ‘ म नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट प्रभावित भएर एमालेमा आएकी हुँ ।’







