९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ड्रोनको माध्यमबाट घरको विवरण सङ्कलन

अ+ अ-

मोरङ । ड्रोनको माध्यमबाट विराटनगर महानगरपालिकामा रहेका घरको विवरण सङ्कलन गर्ने कार्य आजदेखि सुरु गरिएको छ ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले उक्त कार्य शुभारम्भ गर्दै नगरको विकासमा घर, सडकलगायत सम्पूर्ण पूर्वाधारका विषयमा प्राप्त हुने जानकारीले सघाउ पुग्ने विचार व्यक्त गरे ।

डिजी निर्माण इन्जिनियरिङ प्रालिका प्रमुख विवेक सिंहले ग्लोवल पोजिशन सिस्टम (जिपिएस)द्वारा नगरका १० फिटभित्रको क्षेत्रफलमा रहेका घरको विवरण सङ्कलन गर्नाका साथै घर जग्गाको डिजिटल तस्बिरबाट नाप, नक्सा लिन सकिने भएकाले सार्वजनिक सेवा प्रवाहमा उल्लेखनीय सुधार ल्याउने जानकारी दिए ।

उनले रु १७ लाखको लगानीमा आगामी असार मसान्तसम्म सम्पूर्ण कार्य सम्पन्न गर्न दैनिक नौ कर्मचारीमार्फत प्रत्येक दिन दुई वटा ड्रोनबाट नाप, नक्सा सङ्कलन गरिने बताए ।

ड्रोनको माध्यमबाट सङ्कलन गरिने विवरण गुगलमार्फत अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि जानकारी लिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस