काठमाडौं । पुपुवा न्युगिनीविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले आज (शुक्रबार) जितका लागि २९३ रनको लक्ष्य पाएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङमा तानिएको पपुवा न्यूगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन बनायो ।
पपुवा न्यूगिनीमा लागि चार्ल्स अमिनीले सर्वाधिक ७७ रन बनाए । यस्तै कप्तान असद भालाले ६०, नोर्मन भानुअले ४७, टोली उराले ३८,रिले हेकुरेले ३१, जासन किलले १३ र सिमोन अटाइले २ रन बनाए ।
नेपालका कमल ऐरी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरीले समान २र२ तथा कप्तान सन्दीप लामिछाने र आरिफ शेखले १र१ विकेट लिए ।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।







