काठमाडौँ । पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपाली बलर सोमपाल कामीले लगातार दुई विकेट लिएका छन्।
नेपालसँग एक दिवसीय सिरिज खेलिरहेको पीएनजीको पहिलो विकेटका रूपमा उनले टोनी उराको विकेट लिएका हुन् भने दोस्रो विकेटका रूपमा असाड बलाको विकेट लिएका हुन्।
पीएनजी ताजा अवस्थामा १।४ ओभर खेल्दै ९ रनमा रहेको छ।
टस जितेर ब्याटिगं रोजेको नेपालले पीएनजीलाई जितका लागि २ सय ७९ रनको लक्ष्य दिएको थियो।







