२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीलङ्कामा दैनिक १० घण्टा विद्युत् कटौती

अ+ अ-

कोलम्बो । श्रीलङ्कामा बुधबारदेखि दैनिक १० घण्टा विद्युत् कटौती हुने भएको छ ।

देशमा ऊर्जा सङ्कट उत्पन्न भएकाले देशव्यापी विद्युत् कटौती दैनिक रुपमा गर्नु परेको अधिकारीहरूले जनाएका छन् ।

दुई करोड २० लाख जनसङ्ख्या रहेको दक्षिण एसियाली मुलुक श्रीलङ्कामा आर्थिक सङ्कट चुलिएको छ भने विदेशी मुद्राको अभाव भएको छ ।

श्रीलङ्कामा प्रयोग हुने बिजुली मध्ये ४० प्रतिशत बिजुली जलविद्युत परियोजना मार्फत उत्पादन हुने गरेको छ । जलविद्युत उत्पादनका लागि प्रयोग हुने जलाशय भने अहिले सङ्कटमा रहेका छन् ।

पर्याप्त वर्षा नभएकाले जलाशयमा जल कम भएकाले बिजुली उत्पादन पनि कम भएको अधिकारीहरूको भनाई छ ।

बाँकी बिजुली भने कोइला र तेलबाट उत्पादन गर्ने गरिएको छ । ती दुवै चीज विदेशबाट आयात गर्नु पर्ने र आयातका लागि विदेशी मुद्रा नभएकाले आयात गर्न गाह्रो भएको छ ।

कोइला र तेलको कमीका कारण बिजुली उत्पादन कम भएकाले विद्युत् प्रवाह पनि कटौती गर्नु परेको अधिकारीहरूको भनाई छ ।