२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनतालाई सुशासनको अनुभूति गराउने प्रतिबद्धता

अ+ अ-

मोरङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जनतालाई सुशासनको अनुभूति गराउने बताएका छन् ।

मोरङ व्यापार सङ्घद्वारा स्वदेशी उत्पादन प्रवर्द्धन गर्न आजदेखि विराटनगर–२ मा सञ्चालित ‘मोरङ व्यापार सङ्घ ट्रेड एक्स्पो’ को उद्घाटन गर्दै मन्त्री आलेले मुलुकमा आर्थिक अनियमितता रोक्न सरकारले सक्दो पहल गरिरहेको बताए ।

उनले आगामी बुद्धजयन्तीका दिनदेखि भैरहवा तथा पाँच महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइने उल्लेख गरे । उनले गठबन्धन दलहरु आगामी निर्वाचनमा संयुक्त रुपमा जाने बताए।

प्रदेश नं १ स्वास्थ्यमन्त्री जयराम यादवले जात र धर्म नभनी मुलुकको विकासमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरमा पाँच वर्षको अवधिमा १५० किलोमिटर सडक कालोपत्र गरिएको जानकारी दिए ।

सङ्घीय सांसद एवं पूर्व मन्त्री मीनेन्द्र रिजालले विकासमा नगर पछाडि परेकामा चिन्ता व्यक्त गर्दै मुलुकको दोस्रो ठुलो सहर बनाउन सबै लाग्नुपर्नेमा जोड दिए ।

एक्स्पोमा झन्डै ३०० कक्ष रहेका छन् । एक्स्पो अवधिभर रु ५० करोडको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको सङ्घका अध्यक्ष रिजालले बताए ।

सङ्घका अध्यक्ष नवीन रिजाल, एक्स्पो संयोजक विकासकुमार बेगवानी, उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेल र नेपाल उद्योग परिसङ्घका प्रदेश अध्यक्ष भीम घिमिरेले प्रदर्शनी स्थल निर्माणका लागि सहयोग गर्न आग्रह गरे ।

यही चैत २६ गतेसम्म सञ्चालन हुने एक्स्पोमा कृषि उत्पादन, घरेलु, साना, मझौला तथा ठुला उद्योगद्वारा उत्पादित वस्तुका अतिरिक्त मुलुकको महत्त्व झल्किने कला, संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, खनिज जन्य, कृषिजन्य तथा औद्योगिक उत्पादन, अटोमोबाइलको प्रदर्शनी एवं बिक्री कक्ष राखिएको छ ।