२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षक सेवा परीक्षा पास गराइदिने भन्दै ६० लाख असुलेर फरार

अ+ अ-

काठमाडौँ । शिक्षक सेवा आयोगको परीक्षा पास गराइदिने भन्दै परीक्षार्थीबाट ६० लाखभन्दा बढी रकम असुलेर दुई जना फरार भएका छन् । कालिकोट गेलाका जगत शाही र मनराज शाही शिक्षक सेवा आयोग दिन सुर्खेत आएका परीक्षार्थीबाट ६० लाख असुलेर फरार भएका हुन् ।

उनीहरूले सुर्खेत मंगलगढीको एक इन्स्टिच्युट र एमपीजे मःमः सेन्टरबाट हस्तलिखित प्रश्न उत्तरसहितको फोटोकपी बाँड्दै रकम असुलेको पीडितहरूले बताएका छन् । आयोगका पदाधिकारी र कर्मचारीसँग सेटिङ मिलाएर पास गराउने भन्दै परीक्षार्थीबाट प्रतिव्यक्ति दुई लाखका दरले पैसा उठाएका थिए । आफूहरू ठगिएको भन्दै ३० जनाभन्दा बढीले मौखिक रूपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जानकारी दिएका छन् ।

१५ चैतबाट सुरु भएको शिक्षक सेवा आयोगको परीक्षामा पास गरिदिने भन्दै प्रतिव्यक्ति दुई लाखका दरले रकम उठाएर प्रश्न पत्रसहित उत्तर लेखेर पठाइदिने सर्तमा पैसा उठाएको कालिका माध्यमिक विद्यालय शुभकालिका गाउँपालिका कालिकोटका शिक्षक खेमराज शाहीले बताए ।

फरार जगत शाहीले परीक्षा समयअघि नै प्रश्न पत्र लिक गराउने सर्तमा परीक्षार्थीबाट रकम असुलेको र परीक्षार्थीले प्रश्न पत्र उपलब्ध नगराएको कालिकोट खाँडा चक्र नगरपालिका रामबहादुर शाहीले बताए । ‘मसँग दुई लाख रुपैयाँ माग गरेपछि दिएँ,’ उनले भने, ‘मलाई कुनै उत्तर पुस्तिका र प्रश्न पत्र पनि दिइएन । पछि खोज्दा उनको मोबाइल स्विच अफ गरिएको थियो ।’

प्रहरीले जगत र उनका सहयोगी मनराज शाहीलाई खोजी गरिरहेको जनाएको छ । प्रशिक्षार्थीहरूको गुनासो आएकाले अनुसन्धान भइरहेको सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रमुख पदम विष्टले बताए । उनीहरूले कालिकोट, दैलेख, जुम्ला, हुम्ला र सुर्खेतलगायत जिल्लाका परीक्षार्थीबाट पैसा असुलेको प्रहरीले जनाएको छ ।