२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, दुई कम्पनीको शेयरमा सर्किट

अ+ अ-

काठमाडौँ । धितो पत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.८८ अङ्कले ओरालो लागेर दुई हजार ४९८.५३ मा ओर्लेको छ ।

ठुला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४६ अङ्कले घटेर ४६६.५६ मा ओर्लेको छ । कूल २२६ कम्पनीको ३४ लाख २९ हजार ९१७ कित्ता शेयर रु एक अर्ब ५८ करोड ४६ लाख ७१ हजार ५६२ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैङ्किङ ४.१६, व्यापार ३२.१९, होटेल तथा पर्यटन २२.३६, विकास बैङ्क २४.५८, जलविद्युत् २२.४६, वित्त १३.६५, निर्जीवन बिमा २००.१३, उत्पादन १५.३४, अन्य २०.६, लघुवित्त २२.११, जीवन बिमा ११७.४५, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.४१ अङ्कले ओरालो लागेको छ ।

सोमबारको कारोबार पछि बजार पुँजीकरण ३५ खर्ब ४७ अर्ब २८ करोड १२ लाख ७० हजार ४०१ बराबरमा सीमित भएको छ ।

कारोबारका आधारमा इमर्जिङ नेपाल शीर्ष स्थानमा छ । सो कम्पनीको छ करोड ३९ लाख १५ हजार ५८३ बराबरको कारोबार भयो । यस्तै नबिल बैङ्क पाँच करोड ६७ लाख ८७ हजार ८७६, सूर्य लाइफ इन्स्योरेन्स चार करोड ६३ लाख ४८ हजार, अरुण भ्याली हाइड्रोपावर तीन करोड ९१ लाख दुई हजार ८८६ र नेपाल दूरसञ्चार कम्पनी तीन करोड ६९ लाख ३३ हजार ५९१ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्धि लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । इमर्जिङ नेपाल ९.१२, आरबीबी म्युचुअल फण्ड एक ३.१८ र लिवर्टी इनर्जी कम्पनीका लगानीकर्ताले २.०१ प्रतिशतले कमाएका छन् ।

त्यस्तै सिटिजन म्युचुअल फण्ड ५.६६, कर्णाली डेभलपमेन्ट बैङ्क ४.२८, प्रभु इन्स्योरेन्स ४.०१, सिद्धार्थ इन्स्योरेन्स ३.४२ र कर्पोरेट डेभलपमेन्ट बैङ्कका लगानीकर्ताले ३.४० प्रतिशतले गुमाएका छन् ।