२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आवश्यकताअनुसार तालमेल गर्न नेता कोइरालाको आग्रह

अ+ अ-

गण्डकी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्थानीय तहमा औचित्यका आधारमा तालमेल गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेपाली काँग्रेस गण्डकी प्रदेशद्वारा पोखरामा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले चुनावी तालमेल गर्ने अधिकार प्रदेश, जिल्ला, नगर र वडालाई भएकाले औचित्य आवश्यकताअनुसार निर्णय लिन कार्यकर्तालाई आग्रह गरे ।

जथाभाबी टिकट वितरण गर्ने होइन सक्षम र योग्य उम्मेदवारलाई निर्वाचनमा टिकट दिनुपर्छ भन्दै उनले भने, ‘प्रदेशले काँग्रेसको विधानअनुसार प्रदेश भर समन्वयकारी भूमिका निर्वाह गर्नुपर्दछ ।’

नेता कोइरालाले तालमेलका नाममा विसं २०७४ को निर्वाचनमा माओवादीसँग गठबन्धन गरेका स्थानमा काँग्रेसले हारेको तर माओवादीलाई काँग्रेसले जिताएको स्मरण गर्दै विगतमा भरतपुर महानगरपालिका जस्तो तालमेल गर्न नहुने बताए ।

नयाँ मतदातालाई रुखबाहेक अन्य चिह्नमा कसरी मतदान गर्ने लगाउने त्यो कुरा काँग्रेसका लागि चुनौती भएको बताउँदै नेता कोइरालाले भने, ‘एकातिर घरघर जाऔँ काँग्रेस जिताऔँ अभियान जुटेको पार्टी कार्यकर्ताले गठबन्धनका नाममा कसरी माओवादीलाई भोट हाल कसरी भन्ने यसको व्यवस्थापन गर्नुपर्छ ।’

काँग्रेस केन्द्रीय सदस्य मधु आर्चायले काँग्रेसको एजेन्डामा गएर अन्य दलहरू पनि चुनाव लड्न तयार हुनुपर्नेमा जोड दिए । पार्टी गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले काँग्रेसले स्थानीय तहमा उत्साह दिने किसिमको उम्मेदवार सिफारिस हुनुपर्ने र जनताको मन जित सक्ने नेताले टिकट पाउने विश्वास व्यक्त गरे ।

काँग्रेस नेता जगदीश नरसिंह केसी, गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारी, महामन्त्री किरणबाबु क्षेष्ठ लगायतले स्थानीय तहको निर्वाचन र तालमेलका बारेमा पार्टीले गम्भीर भएर लाग्नु कार्यकर्तालाई निर्देशन दिए ।