२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिमाल सफाइ अभियानका टोली संयोजकलाई ब्यानर हस्तान्तरण

अ+ अ-

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले ‘सफा हिमाल अभियान २०७८’ का टोली संयोजकलाई नेपालको झण्डासहितको ब्यानर हस्तान्तरण गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा उनले सगरमाथा, कञ्चनजङ्घा, मनास्लु र ल्होत्से हिमाल सफाइ अभियानका टोली संयोजकलाई ब्यानर हस्तान्तरण गरेका हुन् ।

नेपालका प्रसिद्ध हिमाल आरोहण गर्ने क्रममा छोडिएको फोहर सङ्कलन गरी हिमालको सुन्दरतालाई जीवन्त दिने उद्देश्यले सेनाले सन् २०१९ देखि हिमाल सफाइ अभियान सञ्चालन गर्दै आएको छ ।

यस वर्षको हिमाल सफाइ अभियान मुख्यरुपमा ५५ दिन अर्थात् आजदेखि जेठ २२ गतेसम्म सञ्चालन हुने र त्यसका लागि सेनाका ३० जनशक्तिसहित ९२ जना परिचालित हुनेछन् । अभियानबाट ३५ टन फोहर सङ्कलन गर्ने लक्ष्य लिइएको छ । हिमाल सफाइ अभियानलाई जटिल, चुनौतीपूर्ण र साहसिक कार्यका रूपमा लिने गरिएको छ ।

सो अवसरमा प्रधानसेनापति शर्माले सेनाले ४० वर्षदेखि प्रकृति संरक्षण र पर्यावरण जोगाउने काममा निरन्तर काम गरिरहेको बताए । नेपाली सेनाका नौ हजारभन्दा बढी जनशक्ति प्राकृतिक संरक्षणका लागि मुलुकका विभिन्न क्षेत्रमा तैनाथ छन् ।

पर्यटन विभागका महानिर्देशक तारा लुइँटेललगायतले नेपालको जैविविविधताको संरक्षण र सम्वद्र्धनमा सेनाबाट हुँदै आएको योगदान महत्त्वपूर्ण रहेको बताए । नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशक सहायक रथी हिमांशु खड्काले प्रचुर मात्रामा रहेका अमूल्य स्रोत साधन, जैविक विविधतालगायत हिमाल संरक्षणमा सेनाले पुर्‍याउँदै आएको कार्य तथा सफाइ अभियानको उद्देश्य, चुनौती र तयारीका विविध पक्षबारे जानकारी दिए ।