२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुल्मीमा टाइफाइडविरुद्धको खोप दिन सुरु

अ+ अ-

गुल्मी । गुल्मी जिल्लामा बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन सुरु गरिएको छ ।

१५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन सुरु गरिएको हो ।

खोपको एक कार्यक्रमकाबीच तम्घासस्थित अर्जुन आवासीय माध्यमिक विद्यालय खोप केन्द्रमा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले स्वास्थ्य कर्मीलाई भ्याक्सिन क्यारियर दिएर शुभारम्भ गरेका हुन् ।

खोपको शुभारम्भ गर्दै पराजुलीले सबै लक्षित समूह नछुटाउन आग्रह गरे । खोप प्रभावकारी भएकोले अनिवार्य रुपमा आफ्ना छोरा छोरीलाई खोप केन्द्रमा लगेर खोप लगाउन पराजुलीले सबैलाई आग्रह गरेका छन् ।

जिल्लामा करिब ६८ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका खोप फोकल पर्सन बोम अर्यालले बताए ।

टाइफाइडविरुद्धको खोप देशभरी एकै चरणमा २०७८ चैत्र २५ देखि २०७९ वैशाख १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

जिल्लाका ९३ वटै स्वास्थ्य चौकीबाट टाइफाइडविरुद्धको खोप लगाइएको अर्यालले बताए ।

नेपालमा विगत ५ वर्षको तथ्याङ्क अनुसार हरेक वर्ष करिब चार लाख ५० हजार जना टाइफाइड सङ्क्रमित हुने गरेको तथ्याङ्क छ ।