२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिमका यातायात व्यवसायी मनपरी भाडा लिँदै

अ+ अ-

कैलाली । झन्डै पाँच किलोमिटरको दूरीको सडक खण्डमा बसमा यात्रा गरिरहेका एक यात्रुसँग सहचालकले चालीस भाडा मागेपछि उनी गन्तव्यमा नपुग्दैबिच बाटोमै उत्रिए ।

पूर्वपश्चिम राजमार्गको महेन्द्रनगरदेखि अत्तरिया सडक खण्डमा मङ्गलवार चलेको ना४ख६१७५ नम्बरको उक्त बसका सहचालकले गुलरिया बजारबाट झन्डै पाँच किलोमिटरको दूरीमा रहेको अत्तरिया चोकसम्म तोकिएको भन्दा बढी चालीस रुपैयाँ भाडा मागेपछि आफू बिच बाटेमै झर्न बाध्य हुनुपरेको पीडित यात्रुले गुनासो गरे ।

‘पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै बस व्यवसायीले पछिल्ला दिनमा आफूखुसी भाडा लिइरहँदा पनि यात्रुलाई परेको मर्का बारे सोचिदिने कोही छैन’, बाटोमै अलपत्र अवस्थामा भेटिएका यात्रु महेश खत्रीले भने, ‘गुलरियादेखि अत्तरिया चोकसम्म बसमा हालसम्म २० भाडा लाग्ने गरेकोमा सहजकर्ताले आफूसँग डबल भाडा मागेपछि भाडा दिन नसकी गन्तव्यमा पुग्न नपाउँदै झर्न बाध्य भए ।’ गुलरिया चोकमा रोकिएको सो बसका चालक र सहजकर्ताले धनगढी जाने भन्दै आफूलाई बसमा चढ्न दिए पनि यात्राका क्रममा बस अत्तरियासम्म मात्र जाने भनेर ठगिरहेको र भाडा पनि तोकिएभन्दा बढी मागिएको उनले बताए ।

गुलरिया चोकदेखि दुई किलोमिटर पूर्वतर्फ पर्ने गज्रौला चोकमा बसबाट झर्दा आफूबाट सहजकर्ताले खुद्रा पैसा नभएको बहनामा भाडा वाफत् दश लिनुपर्नेमा बिस लिने प्रयास गरेको गुनासो पनि उनले गरे । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको बहानामा खास गरी छोटो दूरीमा चल्ने बस लगायतका सवारी साधनले पछिल्ला दिनमा मनोमानी ढङ्गले भाडा लिन थालेपछि समस्या झेल्नुपरेको यात्रुले बताएका छन् ।

छोटो दूरीमा चल्ने कतिपय सवारी साधनले भाडा लिइसकेपछि यात्रुलाई टिकट उपलब्ध नगराउँदा सम्बन्धित निकायमा उजुरीसमेत गर्न कठिनाइ भइरहेको पीडित यात्रुको अनुभव छ । छोटो दूरीमा चल्ने बसका कतिपय यात्रुमा तोकिएको भाडा दिएर पनि टिकट माग्ने बानी नभएको र बसका सहजकर्तामा पनि यात्रुले मागेको टिकट नदिने प्रवृत्ति रहेको कारण पनि यात्रुले बेलाबखत सास्ती खेप्नु परेको बताइन्छ ।

‘भाडा दिएपछि यात्रुले टिकट माग्दा सहजकर्ताले छैन भन्ने जवाफ दिन्छन्,’ धनगढीमा भेटिनु भएका बसका यात्री नेत्रराज जोशीले भने, ‘भाडा लिने सवालमा यातायात व्यवसायीको मनोमानी बढ्दा यात्रुमा परेको मर्काप्रति कोही जिम्मेवार देखिँदैन ।’

महाकाली यातायात व्यवसायी समितिका अध्यक्ष डम्मर पन्तले भने आफूखुसी भाडा लिएको बारे आफूलाई जानकारी नभएको दाबी गर्दै सरकारले तोकेको भाडादरभन्दा बढी भाडा यात्रुबाट लिन नपाइने बताए ।

‘तोकिएभन्दा बढी भाडा माग्ने माथि कारबाही गर्न नजिकको प्रहरी कार्यालय र यातायात कार्यालयमा उजुरी गरे सम्बन्धित माथि ठगी मुद्दा लगाउन सकिन्छ,’ उनले भने, ‘कति भाडा दिनुपर्छ भन्ने बारेमा यात्रुलाई पनि जानकारी राख्न जरुरी हुन्छ ।’

पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सरकारले हालै सार्वजनिक सवारीका साधनको साबिकको भाडा दरमा ११ प्रतिशतले वृद्धि गरेको उनले बताए ।