१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकजुट भएर चुनावमा केन्द्रित हुन शेखरको आग्रह

अ+ अ-

काठमाडौँ । पार्टीले चुनावमा तालमेल गर्ने निर्णय लिएपछि नेपाली काँग्रेसका नेता शेखर कोइरालाले पार्टीको निर्णयबमोजिम एकजुट भएर चुनावमा केन्द्रित हुन आग्रह गरेका छन् ।

कोइरालाले चुनावमा तालमेल गर्न नहुने भन्दै आएका थिए । नयाँ वर्षलाई चुनावी वर्षको रूपमा स्वागत र शुभकामना व्यक्त गर्दै नेता कोइरालाले अब विभाजित भएर चुनावमा जाने छुट कसैलाई पनि नभएको बताएका छन् ।

उनले भनेका छन्, ‘केन्द्रदेखि गाउँसम्म अब विभाजित भएर चुनावमा जाने छुट हामी कसैलाई छैन । हाम्रा विरोधीहरू बलिया छन् र सङ्गठित पनि । तसर्थ हामी एक हौँ भन्ने सन्देश हाम्रो निर्वाचन वर्षको पहिलो नारा हुनुपर्छ । म तपाईँहरूबाट यही अपेक्षा गर्दछु ।’

उनले पार्टीभित्रको मतभेद र मन भेदहरू पार्टीको आन्तरिक जीवनमा मात्रै सीमित राख्नुपर्ने बताएका छन् । ‘हामी बिचका मतभेद र मनभेदहरु पार्टीको आन्तरिक जीवनको विषय हो । र त्यस विरुद्ध हामी पार्टीभित्रै छलफल, बहस र छिनोफानो गर्दै गरौँला । पार्टीभित्र भएका अन्यायपूर्ण निर्णय, काखा र पाखा गरिने प्रवृत्तिविरुद्ध पनि हामी सङ्घर्ष गरिरहने छौँ,’ कोइरालाले भनेका छन् ।

उनले उम्मेदवार तय गर्दा पार्टीभित्र निष्पक्षताको लागि समेत आफू लड्न तयार रहेको बताएका छन् । ‘हरेक अनुकूल र प्रतिकुल परिस्थितिमा पनि हामी व्यक्तिगत महत्त्वाकाङ्क्षा र स्वार्थलाई त्यागी एक भएर विरोधीसँग लड्ने छौँ भनी प्रण गर्नु आजको आवश्यकता हो,’ उनले भनेका छन्, ‘तपाईँ हामीलाई इतिहासले फेरी एक पटक काँग्रेसलाई नवजीवन सञ्चार गर्ने गहन जिम्मेवारी सुम्पिएको छ । तसर्थ, स्थानीय निर्वाचनबाटै काँग्रेसको विजयी अभियानको हामी सबै सारथी बनौँ ।’

प्रतिक्रिया दिनुहोस