काठमाडौँ । सीवाईसी नेपाल लघुवित्तले आज (शुक्रबार)देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो ।
यसअनुसार यसले प्रतिकित्ता १०० अङ्कित मूल्यका दरले ३ लाख ९५ हजार ३३६ कित्ता साधारण सेयर निष्कासन भएको छ ।
यो मध्ये ५ प्रतिशत अर्थात् १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोष र ० दशमलव ५ अर्थात् ६ हजार ८२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
बाँकी ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । वैशाख ६ गतेसम्म आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।