२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीमा निर्वाचनमा भाग लिने दलको सङ्ख्या कम

अ+ अ-

जाजरकोट । विकास निर्माणमा पछाडि परेको भनिएको कर्णाली प्रदेशमा आसन्न स्थानीय तहको निर्वाचनमा भाग लिने दलको सङ्ख्यासमेत कम देखिएको छ ।

अन्य प्रदेशको तुलनामा चुनावमा भाग लिने दलको सङ्ख्या कर्णालीमा कम देखिएको हो ।

कर्णालीकै हिमाली जिल्ला डोल्पामा ११ र प्रदेश राजधानी रहेको सुर्खेतमा सुर्खेतमा २५ राजनीतिक दलले स्थानीय तहको चुनावमा भाग लिन लागेका छन् ।

रुकुम पश्चिममा १२, सल्यानमा १२, मुगुमा १५, जुम्लामा १४, हुम्लामा १५, कालिकोटमा २०, जाजरकोटमा १२ र दैलेखमा १४ दलले निर्वाचनमा भाग लिने प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमुख दुर्गा चालिसेले जानकारी दिए ।

उल्लेखित दलहरूले मात्रै निर्वाचनमा चुनाव चिह्न पाउनेछन् भने बाँकीले अन्य दलको चुनाव चिह्नमा निर्वाचन लड्नुपर्ने छ । डोल्पामा महिला मतदाता सङ्ख्या ११ हजार ३७९ र पुरुष ११ हजार ६१ रहेको छ ।

त्यस्तै सुर्खेतमा महिला मतदाता संख्या एक लाख ११ हजार ७१८ र पुरुष एक लाख ६३ हजार २५ रहेको छ । रुकुम पश्चिममा महिला ४५ हजार ७९९ र पुरुषको सङ्ख्या ४६ हजार ५४७ रहेको छ ।

सल्यानमा महिला मतदाता सङ्ख्या ७७ हजार ८११ र पुरुषको सङ्ख्या ७९ हजार ९०४ रहेको छ । मुगुमा महिला १६ हजार ७९५ र पुरुषको सङ्ख्या १८ हजार १६७ रहेको छ ।

जाजरकोटमा महिलाको सङ्ख्या ४९ हजार नौ, पुरुषको सङ्ख्या ५४ हजार ८५८ रहेको छ । त्यस्तै दैलेखमा महिला मतदाता सङ्ख्याको सङ्ख्या ७४ हजार ६८९ रहेको छ भने पुरुषको सङ्ख्या ७४ हजार ३८ रहेको छ ।

कर्णाली प्रदेशभरिको महिला मतदाता सङ्ख्या चार लाख ४९ हजार ३० रहेको छ भने पुरुषको सङ्ख्या चार लाख ५९ हजार ४०१ रहेको छ । नौ लाख आठ हजार ४३३ जनाले आसन्न चुनावमा मतदान गर्न पाउने निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

जुम्ला, हुम्ला र कालिकोटको मतदाता सङ्ख्या प्रदेश निर्वाचन कार्यालयको वेबसाइटमा राखिएको छैन ।