२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता

अ+ अ-

दमौली । स्थानीय तह निर्वाचनका लागि आचारसंहिता पालना गर्ने तनहुँका राजनीतिक दलले प्रतिबद्धता जनाएका छन् ।

जिल्ला आचारसंहिता अनुगमन समिति तनहुँले हिजो (बुधबार) यहाँ आयोजना गरेको निर्वाचन आचारसंहिता कार्यान्वयन र परिपालनामा सरोकारवालाको भूमिका र प्रतिबद्धता विषयक अन्तर्क्रियामा राजनीतिक दलका प्रतिनिधिले आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका हुन् ।

तनहुँका प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका लागि प्रतिबद्ध रहेको बताए ।

निर्वाचनलाई निष्पक्ष बनाउन सबै पक्षबाट आचारसंहिताको पालनामा सहयोगको अपेक्षा गरिएको ढुङ्गानाले बताए। निर्वाचनलाई व्यवस्थित बनाउन सबै पक्षको सहयोग आवश्यक हुने उनको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले निर्वाचनलाई भयरहित बनाउन सुरक्षा योजना बनाइएको बताउँदै सुरक्षा अवस्थालाई मजबुत बनाइने बताए । निर्वाचन पूर्व, निर्वाचनको दिन र निर्वाचनपछिको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन कार्ययोजना बनाइएको प्रजिअ अर्यालले बताए ।

जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले निर्वाचनको तयारीका लागि कार्यालयले आवश्यक काम गरिरहेको जानकारी दिए । जनशक्ति आङ्कलन तथा परिचालन गर्ने, कर्मचारीको विवरण सङ्कलन गर्ने काम भइरहेको भन्दै उनले निर्वाचन सामग्रीको व्यवस्थापनको काम सञ्चालन गरिएको बताए।

आचारसंहिता पालना अनुगमनका लागि जिल्ला स्तरमा प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा समिति गठन गरिएको छ ।

उक्त समितिको सदस्यमा प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत, प्रहरी उपरीक्षक छन् भने सदस्य सचिवमा निर्वाचन अधिकारी रहने व्यवस्था छ ।

कार्यक्रममा (नेकपा एमाले)का सचिव राजेश्वर ढकाल, (नेकपा माओवादी) केन्द्रका संयोजक राजेन्द्रकेशरी न्यौपाने, नेपाली काँग्रेसका सदस्य हुतमणि अधिकारी, विवेकशील साझाका रमेशप्रसाद आचार्य लगायतले निर्वाचन आचारसंहिता पालनाका लागि प्रतिबद्ध रहेको बताए ।