काठमाडौँ । स्थानीय चुनावका लागि उम्मेदवार टुङ्गो लगाउन नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शुक्रबार) बस्दै छ ।
दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक तय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा स्थानीय तह चुनावका लागि पार्टीबाट उठाउने उम्मेदवारबारे छलफल हुने उनले बताए ।
सत्तारुढ गठबन्धनमा काँग्रेसलाई महानगरतर्फ ३ र ७ वटा उपमहानगरको प्रमुख भागमा परेको छ ।