१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनाव लड्न ओखलढुङ्गामा २० शिक्षकले छाडे जागिर

अ+ अ-

ओखलढुङ्गा । स्थानीय तह निर्वाचनमा भाग लिन ओखलढुङ्गाका २० जना शिक्षकले जागिरबाट राजीनामा दिएका छन् ।

स्थानीय तह निर्वाचनको मिति घोषणा भए यता जिल्लाका विभिन्न विद्यालयका २० जना शिक्षकले जागिरबाट राजीनामा दिएका हुन । ‘केही विविध कारणले जागिर छाड्ने पनि हुनुहुन्छ, तर अधिकांश शिक्षकले चुनाव लड्न राजीनामा दिनुभएको हो’ शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नेत्रप्रसाद गजुरेलले भने ।

देवी आधारभूत विद्यालय मानेभञ्ज्याङका शिक्षक रामचन्द्र महतो, सरस्वती आधारभूत विद्यालय रावादोलुका रामबहादुर बस्नेत, कालिका आधारभूत विद्यालय आहालेका शिक्षक चन्द्र कटुवाल, जेसे मावि जेसे पात्लेका गुन्जबहादुर सुनुवार, बालज्योती मावि चित्रेका मधुकरप्रसाद चौधरी, जन्तरखानी माध्यमिक विद्यालय जन्तर खानिका प्रधानाध्यापक मेखबहादुर मगरको राजीनामा स्वीकृत भएको इकाइ प्रमुख गजुरलले बताए ।

यस्तै हिमगंगा मावि रावादोलुका शिक्षक डिल्लीराम बस्नेत, तिलक विश्वकर्मा र टोपबहादुर बस्नेत लगायत हर्कपुर माध्यमिक विद्यालय मानेभञ्ज्याङका गोविन्दप्रसाद अधिकारी, कालिका आधारभूत विद्यालय चुहानछापका शिक्षक जयकुमार कार्की, कालिका आधारभूत विद्यालयका भालुथुम्काका शिक्षक युवराज घिमिरेको पनि राजीनामा स्वीकृत भएको छ ।

सोडान्तर आधारभूत विद्यालय मानेभञ्ज्याङका होमप्रसाद दाहाल, भुमेथान आधारभूत विद्यालयका शिक्षक तोयानाथ काफले, चन्चला आधारभूत विद्यालय खोदम्पाका शिक्षक बालकुमार खड्का र जन्तरखानी मावि जन्तर खानिका शिक्षक शंखवीर राईले पनि शिक्षण पेसा छोडेको शिक्षा विकास तथा समन्वय इकाइ ओखलढुङ्गाले जनाएको छ । कार्यालयका अनुसार राजीनामा दिने अधिकांश शिक्षकहरूको पेन्सन भइसकेको छ । यस्तै राजीनामा दिने पाँच शिक्षकले अनिवार्य अवकाश पाउन लागेका थिए ।

प्रतिक्रिया दिनुहोस