काठमाडौँ । सुनको मूल्यमा आज (आइतबार) गिरावट आएको छ । चाँदीको भाउ स्थिर छ ।
गत शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज आइतबारका लागि छापावाल सुनको मूल्य तोलाको एक लाख ५०० रुपैयाँ कायम गरेको छ । गत शुक्रबार तोलाको एक लाख ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुनको मूल्य पनि तोलामा ४०० सयले घटेर तोलाको एक लाख रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य भने तोलाको १३ सय ६० रुपैयाँमा स्थिर रहेको महासङ्घले जनाएको छ ।