२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताको समस्या बुझेको प्रमुख काठमाडौँ महानगरको आवश्यकता : महामन्त्री थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले जनताको समस्या बुझेको प्रमुख काठमाडौँ महानगरपालिकाको लागि आवश्यक भएको बताएका छन् ।

नेपाली काँग्रेसको तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएकी सिर्जना सिंहको सङ्कल्प प्रस्ताव सार्वजनिक कार्यक्रममा आज उनले काठमाडौँभित्रको देखिएको व्यथिति अन्त्यका लागि महानगरको प्रमुखमा सिंहलाई विजयी गराउनुपर्नेमा जोड दिए ।

‘सिर्जना गणेशमान सिंहको बुहारी र प्रकाशमान सिंहको श्रीमती मात्र नभएर आफैँमा राजनीतिक व्यक्ति हुनुहुन्छ, उहाँलाई अहिले पार्टीले न्याय गरेर टिकट दिएको छ, समृद्ध महानगर निर्माणका लागि सिंहलाई विजयी गराउनुहोस्’, महामन्त्री थापाले भने ।

काठमाडौँ महानगरपालिकाको प्रमुखको उम्मेदवार बन्दै गर्दा सिर्जना सिंहले ठुलो सपना नदेखेको भन्दै सार्वजनिक बसमा देखिएका भिडभाड कम गर्न फुटपातको व्यवस्थापन गर्न र फोहरको सही व्यवस्थापनजस्ता साना कुरा मात्रै गरे पनि काठमाडौँका जनताले राहत पाउने बताए । महामन्त्री थापाले काठमाडौँको प्रमुखमा महिलालाई ल्याउने अवसरबाट नचुक्न सबैलाई आग्रह गरे ।

काँग्रेस प्रवक्ता डा। प्रकाश शरण महतले देशको राजधानीमा महिला प्रमुख पाउनु देशभरका महिलाका लागि अवसर भएको भन्दै उक्त अवसरलाई सही सदुपयोग गर्न सम्पूर्णलाई आग्रह गरे । उनले काँग्रेस कम कुरा गर्ने र काम धेरै गर्ने पार्टी भएको बताउँदै मुलुकमा सुशासन र समृद्धि ल्याउनका लागि काँग्रेसलाई जिताउनुपर्ने बताए ।

नेता डा। महतले नेपालको लोकतन्त्र स्थापनामा सिर्जना सिंहको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै लोकतन्त्रको रक्षा गर्दै मुलुकको विकासका लागि पार्टीले काठमाडौँ महानगरपालिकाको प्रमुखमा सिंहलाई उठाएको उल्लेख गरे । काँग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले सक्षम महिला नेत्रीलाई काँग्रेसले महानगरको उम्मेदवारको रूपमा अगाडि सारेको भने ।

काँग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले काठमाडौँको मुहार फेर्नलाई काँग्रेस नेतृत्वले महिलालाई महानगरको उम्मेदवार बनाएको भन्दै काँग्रेस केन्द्रीय नेतृत्वलाई धन्यवाद दिए । काँग्रेस काठमाडौँका पूर्व सभापति एवम् पूर्व मन्त्री भीमसेनदास प्रधानले संविधानको रक्षा गर्दै लोकतन्त्र बचाउन गठबन्धन आवश्यक रहेको बताए ।

काँग्रेस काठमाडौँ महानगरपालिकाका सभापति निलकाजी शाक्यले स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई विजय गराउन सबैलाई आग्रह समेत गरे ।

सोही कार्यक्रममा काठमाडौँ महानगरपालिका प्रमुखकी उम्मेदवार सिर्जना सिंहले काठमाडौँलाई परिवर्तन गर्नका लागि सात सङ्कल्प प्रस्तुत गरेकी थिइन् ।