२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से परिसूचकको ओरालो यात्रा कायमै

अ+ अ-

काठमाडौँ । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर नै एक प्रकारको उत्साह छाएको भए पनि धितो पत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक भने लगातार ओरालो लागेको छ ।

शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार उच्च अङ्कले वृद्धि भएको नेप्से परिसूचक आज अन्तिम दिन भने २० अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ओरालो लागेर दुई हजार ३५६.१७ मा ओर्लेको छ ।

ठुला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.३२ अङ्कले ओरालो लागेर ४५०.२४ मा सीमित भएको छ ।

कूल २२६ कम्पनीको ४५ लाख ७४ हजार ५२० कित्ता शेयर रु एक अर्ब ४९ करोड ६२ लाख ४६ हजार ८०८ मूल्यमा खरिद बिक्री भएको छ । बिहीबारको कारोबारपछि बजार पुँजीकरण ३३ खर्ब ५१ अर्ब ६४ करोड ३३ लाख ३० हजार बराबर सीमित भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहकै शेयर मूल्यमा गिरावट आएको छ । नेप्सेका अनुसार बैङ्किङ ६.३८, व्यापार ३२.०७, होटेल तथा पर्यटन २६.३६, विकास बैङ्क ७५.४४, जलविद्युत् २३.०४, वित्त ३०.१३, निर्जीवन बिमा ४१.३३, उत्पादन ७४.९९, अन्य २६.८३, लघुवित्त ३८.०३, जीवन बिमा १५०.७४, सामूहिक लगानी कोष ०.०३ र लगानी ०.९५ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा ग्लोबल आइएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको पाँच करोड २५ लाख ४९ लाख ६०३ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी पाँच करोड तीन लाख ६१ हजार २४२, एनसिसी बैङ्क रु चार करोड ९७ लाख आठ हजार ६२६, अरुण भ्याली हाइड्रोपावर चार करोड ७३ लाख ३४ हजार ६३४ र नबिल बैङ्क चार करोड दुई लाख चार हजार २६८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार घटेको बजारमा जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको हो । राधी विद्युत् कम्पनी ४.१७, माउन्टेन इनर्जी नेपाल ३.२९, नबिल ब्यालेन्स फण्ड तेस्रो ३.२५ र मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २.८८ प्रतिशतले कमाए । गुह्यश्वरी मर्चेन्ट बैङ्क ३.९८, गणपति लघुवित्त ३.८३, माहुली लघुवित्त ३.७३, पाँचथर पावर कम्पनी ३.७१ र किसान लघुवित्तका लगानीकर्ताले ३.६७ प्रतिशतले गुमाएका छन् ।