२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेखर कोइरालालाई देउवाको फोन, भरतपुरको कार्यक्रममा सहभागी हुन आग्रह

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चितवनको कार्यक्रममा सहभागी हुन नेता डा. शेखर कोइरालालाई आग्रह गरेका छन् । तर कोइरालाले ढिलो खबर आएको र आफू पूर्वनिर्धारित कार्यक्रममा विराटनगरमा व्यस्त भएको भन्दै भरतपुर नजाने जवाफ दिएका छन् ।

बिहीबार बिहान सभापति देउवाले नेता कोइरालालाई फोन गरी भरतपुर आउन आग्रह गरेका थिए । सभापति देउवासँग फोनमा भएको संवादबारे कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने, ‘सभापतिले फोन गरेर भरतपुरको कार्यक्रममा आइदिनपर्‍यो भन्नु भयो । कार्यव्यस्तता भएकाले आउन नसक्ने जानकारी दियौँ ।’

सत्ता गठबन्धनले आज भरतपुरमा सभा गर्न लागेको छ । त्यसका लागि प्रधानमन्त्री देउवा र नेता रामचन्द्र पौडेल भरतपुर पुगिसकेका छन् ।

पार्टीको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सभापति देउवा, नेता पौडेल, सह-महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’लाई उपस्थित हुने जनाएको थियो । उपस्थित हुने नेतामा डा। शेखरको नाम भने पूर्व निर्धारण गरिएको थिएन ।

बिहीबार बिहान देउवाले भरतपुरबाटै विराटनगरमा रहेका शेखरलाई फोन गरेका थिए । चुनावी प्रचारका लागि पूर्व निर्धारित कार्यक्रम तय भएकाले भरतपुर आउन नसक्ने जवाफ फर्काएका थिए ।