२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचार शून्य महानगर बनाउने प्रतिबद्धता

अ+ अ-

मोरङ । विराटनगर महानगरपालिका प्रमुखका उम्मेदवार नेपाली काँग्रेसका नागेश कोइरालाले पालिकालाई भ्रष्टाचार शून्य गराउने बताएका छन् ।

उनले विराटनगर–१३ मा आज गठबन्धन दलका महानगरपालिकाका प्रमुख, उपप्रमुखका उम्मेदवारसँग आयोजित पत्रकार सम्मेलनमा महानगरलाई भ्रष्टाचार शून्य गराउँदै विकासमा जोड दिइने उल्लेख गरे ।

कोइरालाले महानगरमा गुणस्तरीय सामुदायिक विद्यालय, हराभरा, सफा सहर, जनताको पालिकामा सहज पहुँच तथा कर्मचारी भर्ती केन्द्र नबनाइने विषयलाई प्राथमिकताकासाथ लागू गर्ने जानकारी दिए।

यसैगरी जसपाबाट उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादवले समावेशी, बाढीमुक्त सहर, स्वच्छ खानेपानी, सहज स्वास्थ्य उपचार र सुकुम्वासी समस्यामुक्त, दोस्रो ठुलो सहर निर्माणमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले प्रदेशको स्थायी राजधानी रहेको यो सहरमा विराट राजा दरबारको संरक्षणलगायत अन्य आकर्षण केन्द्रको निर्माण गरी पर्यटक मैत्री बनाउने विश्वास दिलाए ।

वडा नं १३ का जसपाका अध्यक्षका उम्मेदवार बालदेव यादवले सबैको सहयोगमा जनताको आवश्यकतालाई ध्यानमा राखी कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।