९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीलङ्कामा थप ८ मन्त्रीद्वारा शपथग्रहण

अ+ अ-

कोलम्बो । श्रीलङ्कामा गठित नयाँ सरकारमा आठ मन्त्री थप गरिएको छ । उनीहरुलाई सोमबार राष्ट्रपति गोटावाय राजापाक्षसमक्ष शपथ खुवाइएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

देशमा उत्पन्न आर्थिक तथा राजनीतिक सङ्कट समाधान गर्ने भन्दै अघिल्लो हप्ता नयाँ सरकार गठन गरिएको थियो । त्यही सरकार विस्तार गर्ने क्रममा सोमबार ८ मन्त्री थपिएका हुन । राष्ट्रपति राजापाक्षले अघिल्लो हप्ता रनिल विक्रमासिङ्घेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

देशमा उत्पन्न आर्थिक तथा राजनीतिक सङ्कटको मुख्य कारण तत्कालीन सरकार भएकाले विघटन गर्नु पर्ने माग गर्दै आन्दोलन भइरहेको थियो ।

लगातारको आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री महेन्दा राजापाक्षले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि विक्रमासिङ्घेलाई नियुक्त गरिएको हो ।

नयाँ प्रधानमन्त्री विक्रमासिङ्घेले सरोकारवालाहरुसँग सहकार्य गर्ने, छलफल गर्नेलगायतका क्रियाकलाप मार्फत आर्थिक सङ्कट समाधानका उपायहरु अपनाउन थालेका छन् ।

उनको मन्त्रीपरिषद्मा मत्स्यपालन मन्त्री दौग्लास देवानन्द, जल तथा आपूर्ति मन्त्री केहेलीया रामाबुक्वेला, कृषि मन्त्री महिन्दा अमारावीरा र उद्योग मन्त्री रमेश पथिरानालाई बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस