काठमाडौँ । सङ्घीय संसदको प्रतिनिधि सभाको बैठक आज (बिहीबार) बस्दै छ ।
बैठक बिहीबार बिहान ११ बजे संसद् भवन नयाँ वानेश्वरमा बस्नेछ ।
सङ्घीय संसद् सचिवालयका अनुसार बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम संसदमा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।
सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले संशोधन प्रस्तुत गर्ने र उक्त संशोधनमाथि छलफल सुरु हुने सचिवालयले जनाएको छ ।
आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त सदनमा पेस गरेकी थिइन् ।
