काठमाडौँ । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एकै पटक ६३ जना कर्मचारी माग गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रालयले करारमा नियुक्त गर्ने गरी अधिकृत र सहायक स्तरका गरी ६३ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो ।
मन्त्रालयले अधिकृत सातौँ स्तरका मात्र ३० जना कर्मचारी माग गरिएको छ भने सहायक स्तरका पाँचौँ तहका ३३ जना कर्मचारी माग गरेको छ । मन्त्रालयले पशु सेवा अधिकृत सातौँ स्तरका २० जना, कृषि विकास अधिकृत सातौँ स्तरका १० जना र पशु स्वास्थ्य प्राविधिक सहायक स्तर पाँचौँका ३३ जना माग गरेको छ ।
बढ्दै गएको बर्डफ्लुसहित अन्य रोगहरूको नियन्त्रण, कृषि क्षेत्रमा अपुग प्राविधिक कर्मचारी पूर्ति कृषकका कामलाई प्रभावकारी बनाउने उद्देश्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार नयाँ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको मन्त्रालयले जनाएको छ ।
सूचना !
